सिन्धुपाल्चोकको जुरेमा भोटेकोशी थुनिएपछि नदी किनारका बस्ती जोखिममा, सात जनाको मृत्यु, १८ जना बेपत्ता

731 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10386791_595573000551555_8077424441802097915_nसिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुरे भन्ने स्थानमा खसेको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परेर ज्यान गुमाएका सात जनाको शव फेला परेको छ भने घाईते १२ जनाभन्दा धेरैको सशस्त्र प्रहरीको बेस क्याम्प लामोसाँघुमा उपचार भइरहेको छ । पहिरोका कारण भोटेकाशी नदी थुनिएको छ, भने नदी किनारका बस्तीहरु डुबानको जोखिममा परेका छन् । नदी थुनिएपछि त्यस क्षेत्रका लामो साँघु, खाडीचौर, कोठे, बलेफी, सुकुटे लागायत स्थानबा बासिन्दा त्रसित भएका छन् । जिल्ला प्रशासन कार्यालयले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ । १० मेगावाट क्षमताको सुनकोशी जलविद्युत आयोजना पनि नदी थुनिएका कारण जोखिममा परेको छ भने अरनीको राजमार्ग पनि अवरुद्व भएको छ । सम्भावित खतरा टार्नभन्दै स्थानीय प्रशासनले राजमार्ग आवतजावतमा रोक लगाएको हो । बाह्रबिसेसँग जोडिएको राम्चे ५ जुरेमा बिहान करिब ३ बजेतिर पहिरो गएको स्थानीयबासीले बताएका छन् । सिन्ुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले नदी खोल्नका लागि नेपाली सेनाको हेलिकप्टरले अवलोकन गरिरहेको जानकरारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाको राम्चे गाविस वडा नम्बर ७ र पारिपट्टिको धुस्कुन गाविसबाट खसेको पहिरोले जुरे भन्ने ठाउँमा नदी थुनिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उद्दारका लागि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बाह्रबिसे, लामुसाघुँमा रहेको सशस्त्रप्रहरी बल, विद्युत आयोजनाको सुरक्षार्थ खटेको नेपाली सेनाको टोली घटना स्थल पुगिसकेको छ । पहिरोले नदी थुनिएको सशस्त्रका एसपी लक्ष्मण बहादुर सिंहले जानकारी दिनुभयो । नदी थुनिएर झण्डै दुई किलो मिटर लम्बाईको ताल बनिसकेकाले प्रहरीले सम्भावित क्षतिलाई ध्यानमा राख्दै नदी किनार आसपासमा बस्ने नागरिकलाई सुरक्षित स्थल तर्फ जान आग्रह गरेको छ ।
यसैबीच काभ्रे प्रहरीले थुनिएको नदी फुटेर मानवीय क्षति हुन नदिन दोलालघाट, तिमाल बेशी, पञ्चरघाट लगायत क्षेत्रका स्थानीय सुरक्षित स्थल जान आह्वान गरेको छ । काभ्रे प्रहरलिे अरनिको राजमार्ग हुर्दै सिन्धुपाल्चोक, दोलखा, रामेछाप तर्फ जाने अति आवश्यक बाहेकका अन्य सवारीसाधन दोलालघाट यतैको सडकमा रोकेको छ । बाग्मती अञ्चल प्रहरी कार्यालयका एसएसपी सुबोध घिमिरेले आपत्कालिन बैठक बसेर ठोस निर्णयका साथ अघि बढ्ने बताउनुभयो । बाध फुटे लामुसाँघु लजविद्युत् आयोजना सहित अर्बौंको क्षति हुने छ ।