शुक्रवार देखि विश्व स्तनपान सप्ताह मनाइदै

2419 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

stanpan3धादिङ – नेपाल लगायत विश्वभर शुक्रवार देखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । दिवसको अवसरमा देशभर सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले छुट्टाछुट्टै जनचेतनामूलक कार्यक्रम गरिरहेका छन । जन्मेको ६ महिनासम्म बच्चालाई आमाको दूध बारम्बार खुवाउनुपर्छ भन्ने सन्देश प्रबाह गर्न हरेक बर्ष अंग्रजी महिनाको १ अगष्ट देखि साताव्यापी रुपमा यो दिवस मनाउने गरिन्छ । बच्चा दुईवर्षको नहोउन्जेल पुरक आहाराका साथमा आमाको दूध पनि अनिवार्य रुपमा खुवाइरहनुपर्छ । आमाको दुधको विकल्पमा कुनैपनि खानेकुराले काम गर्दैनन् ।
विश्व स्तनपान दिवस विश्व स्वास्थ्य संगठन ,युनिसेफको अगुवाईमा राष्टिय स्तरका स्वास्थ्य संस्था र स्वास्थ्यका क्षेत्रमा कृयाशिल संघ संस्थाहरुको साझेदारीमा मनाईने गरिन्छ ।