संसदमा भारतीय प्रधानमन्त्री मोदीको विशेष सम्वोधन, बुद्ध जन्मेको देश भन्दै नेपालको प्रंसंशा

588 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

M_Id_429527_Narendra_Modiकाठमाण्डौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध हिमालय र गंगाको सम्बन्ध झै पुरानो भएको बताउनु भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा संसदको बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले संसदमा आएर सम्बोधन गर्न पाउदा आफुलाई गर्व लागेको बताउनु भयो । भ्रमणका क्रममा नेपालीले गरेको सम्मान आफ्नो मात्रै सम्मान नभई सबा सय करोड भारतिय सम्मान भएको बताउनु भयो । सुरुमा नेपाली भाषमा बोल्नु भएका मोदीले सोमनाथको भुमिबाट पसुपतिनाथको भुमिमा आउन पाएकोमा खुसी व्यक्त गर्नु भयो । नेपालले विश्वमा नै शान्ति फैलाउने भगवान बुद्धको जन्म दिएको बताउदै शान्तिको सन्देश फैलाउने काम नेपालले गर्नु पर्ने बताउनु भायो । कासीमा नेपाली पुजारी हुन्छ पसुपतिमा भारतका पुजारी हुन्छ भन्दै उहाँले भारत र नेपालको धार्मीक सम्बन्ध प्रगाड रहेको बताउनु भयो । नेपालीको रगत नबगाई नेपालले कुनै पनि युद्ध नजितेको बताउदै भारतको लागि युद्ध लड्ने लाई धन्यवाद दिनु भयो । उहाँले गोर्खाली सेनाको प्रसंसा गर्नु भयो । लोकतन्त्रमा विश्वास गर्ने पुरै विश्वले नेपाली सभासदहरुबाट धेरै आसा गरिरहेको बताउनु भयो । नयाँ युगको दर्शन दिने काम संविधानले दिने भएकाले त्यस्तै संविधान बन्ने विश्वासका साथ संविधान निर्माताहरुलाई बधाई समेत दिनु भयो । संविधान एक किताव नभई हिजो आज र भोलीलाई जोड्ने काम गर्दछ । नेपालले बनाउन लागेको संविधान नेपालीका लागि मात्रै होईन विश्वका लागि स्वर्णीम पृष्ट लेख्न गैरहेको बताउनु भयो । शस्त्रलाई छोडेर शास्त्रलाई भरोसा राख्नु पर्ने भन्दै संविधानसभाले शस्त्र बोक्नेलाई शास्त्र तर्फ ल्याएर राम्रो उदाहरण प्रस्तुत गर्नु पर्ने बताउनु भयो । सर्वजन हिताय, सर्वजन सुखायलाई ध्यान दिए संविधान दिगो बन्ने बताउनु भयो । संविधानले जोड्छ संविधानले तोड्दैन भन्दै सबैलाई जोड्ने संविधान बन्ने बताउनु भयो । नेपालका लागि पेट्रोल पाएपको व्यवस्था गर्ने बताउनु भयो । हरेक भारतीय जिवनमा एक पटक पसुपतिनाथमा आएर दर्शन गर्न चाहन्छ त्यसैले नेपालमा धार्मीक पर्यटनको बिकास गर्नु पर्ने बताउनु भयो । दशक पछि नेपालको बिजुलीको बिकास गर्ने, आर्युवेदीक औषधिको बिकासका साथै हिमालयको सक्तिको प्रदर्शन गर्न सगाउने बताउनु भयो । सार्क सम्मेलनको समयमा फेरी नेपाल भ्रमणमा आएर राजा जनकको दर्शन गर्ने र बुद्धको जन्मस्थल लुम्बीनीको भ्रमण गर्ने बताउनु भयो । आयुर्वेदिक औषधी र अर्गानिक खेतिका लागि नेपालमा धेरै सम्भावना भएकाले यो क्षेत्रको बिकास नेपालले गर्न चाहेमा आफुले सहयोग गर्ने बताउनु भयो । मोदीले भारतले नेपाललाई १० हजार करोड नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भयो ।

भारतीय प्रधानमन्त्री नेपालमा सरकारद्धारा राजकीय सम्मान
सुशील-कोइराला-र-नरेन्द्र-मोदी-2भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारीक भ्रमणमा आज काठमाण्डु आइपुग्नु भएको छ । बिहान १० बजेर ५० मिनेटमा काठमाण्डु आइपुग्नु भएका भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्नु भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको यो पहिलो राजकीय भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो । उहाँको स्वागतमा सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, सवारी एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजाल, सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य, मुख्यसचिव, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्री मोदीको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारतका साथै १९ तोपको सलामी दिएको थियो । नेपालमा रहँदा भारतीय प्रधानमन्त्रीले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री कोइराला, सभामुख नेम्वाङ, परराष्ट्रमन्त्री पाण्डे, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उद्योगपति एवम् व्यापारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाण्डु आए लगत्तै होटल ह्यातमा पुग्नु भएका भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले औपचारिक रुपमा जानकारी गराउनुभएको थियो । आजै प्रधानमन्त्री सुशील कोइरालाले समकक्षी मोदीलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा स्वागत तथा भेटवार्ता गर्नु भएको छ । केहीसमय एक वार्तापछि सहयोगी सहितको द्विपक्षीय वार्ता भएको थियो ।