भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता, नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता,

490 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं–नेपालको दुईदिने भ्रमणमा आउनु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार स्वदेश फर्किनुभएको छ । नेपाल फर्किनुअघि पत्रकार सम्मेलनगरि मोदीले नेपाल भ्रमण सफल भएको बताउनुभएको छ । आफुबसेको ह्यात होटलमा पत्रकार सम्मेलन गरि मोदीले नेपाल भारत सम्बन्धमा नयाँ उचाई थपिने बताउनुभयो । यसअघि विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरि उहाँले ससमयमा संविधान बनाउन सुझाव दिनुभएको थियो । मोदीले नेकपा एमाले एकीकृत नेकपा माओवादी, तराई केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको हो । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेताहरुले मोदीसँगको भेट अत्यन्त फलदायी, उपलब्धिपूर्ण रहको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभयो । उहाँले भेटमा मोदीले नेपालको आर्थिक विकासको निम्ति सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको जानकारी दिनुभयो । एकीकृत नेकपा माओवादीसँगको भेटमा पनि नेपालमा भारतले गर्ने लगानी र आपसी हितका विषयमा छलफल भएको छ । भेटपछि पत्रकारहरुसँग कुराकानी गदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलले नेपाल र भारतको सम्बन्धको नयाँ आयामको सुरुवात भएको बताउनुभयो । उहाँले नेपालमा आर्थिक विकास, राजनीतिक स्थिरता र समृद्धि हुनुपर्छ भन्ने कुरा मोदीले दृढ विचार प्रकट गर्नुभएको जानकारी दिनुभयो । एमाओवादीले सीमा समस्याको समाधान गर्न आग्रह गरेको थियो । आजै तराई केन्द्रित दलका नेताहरूसँग पनि भारतीय प्रधानमन्त्री मोदीले सयुक्त भेटवार्ता गर्नुभएको छ । भेटमा मधेसी नेताहरुले मधेसको विकासमा विषेश महत्व दिन आग्रह गरेका थिए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस मुद्दामा विषेश कुराकानी भएको सीआईएनलाई जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीसँग निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रतिनिधिले आज भेट गरेका छन् । भेटमा नेपालमा भारतले गर्ने आर्थिक लगानीका विषयमा कुराकानी भएको छ । आर्थिक समृद्धिका लागि नयाँ ढोका खुला भएको उल्लेख गर्दै उहाँले अब मुलुकमा थप लगानी भित्रिने विश्वास लिइएको बताउनुभयो ।
राष्ट्रपतिसँग भेटवार्ता , राष्ट्रपति यादवद्धारा मोदीको प्रसंसा
नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गर्नुभएको छ । बिहान पशुपतिनाथको पूजा गरेपछि प्रधानमन्धी मोदी राष्ट्रपति यादवसँग भेटगर्न शीतल निवास पुग्नुभएको थियो । भेटवार्तामा राष्ट्रपतिले संविधानसभा व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री मोदीले दिनुभएको मन्तव्यको प्रशंसा गर्नुभयो । भारतीय प्रधानमन्त्रीको भ्रमणबाट समयको परीक्षामा खरो उत्रिएको नेपाल–भारत सम्बन्धमा ठूलो योगदान पुग्ने आशा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा नेपाल र भारतका जनताका लागि प्रजातन्त्रको महत्व रहेको चर्चा गर्दै भारतीय प्रधानमन्त्री मोदीले चाँडोभन्दा चाँडो नेपालले संविधान प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । भेटवार्तापछि राष्ट्रपति यादवले आयोजना गर्नुभएको दिवाभोजमा प्रधानमन्त्री मोदी सहभागी हुनुभयो ।

पशुपतिमा विषेश पूजाअर्चना M_Id_429527_Narendra_Modi
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको दोस्रो दिन पशुपतिनाथको पूजादेखि राजनीतिक भेटवार्ता गर्नुभएको छ । बिहान करिब एक घण्टा समय लगाएर पशुपतिनाथको रुद्राभिषेक पूजाअर्चना गर्नुभएको हो । प्रधानमन्त्री मोदीले पूजाको क्रममा पशुपतिनाथको दक्षिण दिशामा बसेर तीन पूजारीका साथ र मूलभट्टले पूजा लगाउनुभएको थियो । विशेष पूजाका क्रममा वेद विद्याश्रम वनकालीमा अध्ययनरत १०८ बटुकले स्वस्तिवाचन गर्नुभएको थियो भने आश्रमकै शिक्षक माधव ढङ्गेललगायतको समूहले रुद्री पाठ गर्नुभएको थियो । पूजा लगत्तै प्रधानमन्त्री मोदीले भारतबाट ल्याइएको करिब रु तीन करोड मूल्य बराबरको दुई हजार ५०० केजी चन्दन कोषलाई हस्तान्तरण गर्नुभएको थियो ।