दिनेश हत्याको विरोधमा धादिङबेसी वन्द

585 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_4003धादिङ,२३ साउन – नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का पुर्व उपाध्यक्ष दिनेश अधिकारीको हत्याको विरोधमा सदरमुकाम धादिङबेसी र यातायात अनिश्चितकालिन वन्दको आव्हान गरिएको छ ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को आव्हानमा आज ( शुक्रवार) विहानै देखि सदरमुकामको वजार क्षेत्र र यहावाट छुट्ने र सदरमुकाम भिने सवारी साधन वन्द गरिएको हो । एमालेका नेता कार्यकर्ताहरु विहानै देखि सदरमुकामको वजार क्षेत्रमा उपस्थित भएर प्रदर्शन गर्दै वजार र यातायात वन्द गराएका हुन ।
विभिन्न अपराधमा संलग्न भएको आरोप लगाउंदै प्रहरीले SAM_4010अधिकारीलाई नियन्त्रणमा लिई गैर न्यायिक ढंगवाट हत्या गरेकाले हत्यामा संलग्न व्यक्तिहरुको पहिचान गरी दोषि माथि कारवाहीका लागि वन्द गरेर विरोधमा उत्रनु परेको नेकपा एमालेका जिल्ला सदस्य अर्जुन गोर्खालीले वताएका छन । वन्दको कारण सदरमुकाम धादिङबेसीवाट छुट्ने सवारी साधनहरु ठप्प भएका छन । धादिङबेसीवाट जिल्लाका ग्रामीण भेगका साथै काठमाण्डौं,पोखरा,नारायाणगढ लगायतका शहर सम्म दैनिक वसहरु छुट्ने गर्दछन ।
सदरमुकाम क्षेत्रका वजार र यातायात वन्द भएपनि राजमार्ग क्षेत्रमा भने सवारी साधन संचालन भईरहेका छन । प्रहरीद्धारा हत्या गरिएका दिनेश अधिकारीको पक्षमा एमाले कार्यकर्ताहरु वजार वन्दमा उत्रिएपछि सदरमुकाम क्षेत्रमा प्रहरी उपस्थिती वाक्लो वनाईएको छ ।