सिभिक वैंक छैटौं बर्षमा, धादिङवेशी सरसफाई र सिरानवजारमा शाखा विस्तार

808 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ, – “हाम्रो धादिङ सहर, स्वच्छ, सफा तथा हराभरा बनाउने हाम्रो रहर” भन्ने मूला नारा सहित धादिङवेशी सरसफाई अभियान शुरु गरिएको छ । अभियानमा वागमति सरफाई अभियानका अगुवाहरु, सभाषद, सरकारी अधिकृत, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, विद्यार्थी स्थानीयवासीहरुको सहभागिता रहेको थियो । सिभिक विकास वैक धादिङले छैटौ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत जिल्ला सदरमुकाम धादिङवेशी सरसफाई अभियान शुभारम्भ गरेको हो । अभियानमा सभाषद गुरु प्रसाद वुर्लाकोटी, वागमति सरसफाई अभियानका भानु शर्मा, मेघ आले, मौसम खनाल, प्रमुख जिल्ला अधिकारी, सिभिक वैकका अध्यक्ष नारायाण कुमार श्रेष्ठ सहित सयौको संख्यामा उपस्थितीमा डेढ किलो मिटरको सहर सरफाई गरिएको छ ।
वैंकले छैटौ वार्षिक उत्सवको अवसरमा विहीवार नीलकण्ठ नगरपालिका –३ सितलवजारमा वैंको शाखा सञ्चालन गरेको छ । यस अघि बैकले वैरेनी,आदमघाट,आरुघाट, सल्यानटार,पुछारवजार,गल्छि लगायतका स्थानमा शाखा तथा एक्सटेन्सन शाखा विस्तार गरी बैकिङ सेवा दिंदै आईरहेको थियो । २०६६ सालमा एक जिल्ला कार्य क्षेत्र वनाएर सञ्चालनमा आएको वैंकको अधिकृत पूजीं १० करोड, जारी पूजीं ५ करोड र चुक्ता पूजीं ४ करोड रहेको छ । २०७१ साउन ४ गतेसम्म शेयर कायम रहेका शेयर धनीहरुका लागि ४ः १ को अनुपातमा हकप्रद जारी गरेको छ । हकप्रद शेयरको रकम प्राप्त भए पश्चात वैंकको चुक्ता पूजीं ५ करोड पुग्ने छ ।