एसिडिटी र रोकथामका उपायहरु

786 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

छाती पोल्ने,पेटमा वायु हुनु र पेट च्वास्स घोच्नुजस्ता लक्षणबाट यो अवस्थाको पहिचान गर्न सकिन्छ । साधारणतया हामीले खाएको खाना पचाउनको निम्ति पेटको कोषिकाहरुले एसिड उत्पादन गरिरहेको हुन्छ । तर यो उत्पादन चाहिने भन्दा बढी भएमा पेट पोल्ने,छाती पोल्नेजस्ता लक्षणहरु देखिन्छ । कोही–कोहीमा मुखमा अमिलो पानी आउंदछ । यस्तो अवस्थामा पेटमा रहेको एसिड खानाको नलीतिर बग्न थाल्दछ,जस्लाई Acid reflux  वा Regurgition  भन्ने गरिन्छ । कारण साधारणतया एसिडिटी कुनै रोगको कारणले नभई तपाई–हामीले खाने खानाको कारणले हुने गर्दछ ।बढी चिल्लो,पीरो र गह्रौं खाना खानाले हाम्रो शरीरको पाचन प्रणालीमा मद्दत पुर्याउने Digestive Juices,Hydrochloric acid  को कार्य क्षमता र स्थिरतालाई विगार्न पुग्छ र माथी उल्लेखित लक्षणहरु देखिन थाल्छ । खाली पेटमा NSAID ( Ibuprofen Diclofenac) जस्ता औषधिहरुको सेवनले पनि एसिडिटी गराउंदछ । अत्याधिक मात्रामा रक्सी,चुरोटको सेवन र लामो समयसम्म भोको बस्नु प्रमुख कारण हो । गर्भवती अवस्था,उमेर पुग्नु र मोटोपनले गर्दा पनि यो अवस्था सिर्जना हुने गर्दछ । मनमा चिन्ता लिईरहने व्यक्तिहरुमा यो रोग बढी लाग्ने गर्दछ । अरु कारणहरु Gastroesophagel Reflux disease Helicobacter pylori   नामक व्याक्टेरीयाको संक्रमण Zollinger Ellison Syndrome Hypercalcemia) क्याल्सियमको बढी सेवन) Callstone Stress   (चिन्ता) रोकथामको निम्ति घरेलु उपायहरु –विहान नित्य १–२ गिलास पानी पिउनु उत्तम उपचार हो । – कुनै पनि समय दिनहुँ २–३ वटा तुलसीको पात सेवन गर्नु फाईदाजनक हुन्छ । – खाना खानुपूर्व मह र Vinegar Juice को सेवन उत्तम मानिन्छ । – चिसो दूध,नरिवल पानी,बदाम लसुनको सेवन गर्नु फाईदाजनक हुन्छ । –एसिडिटी भएको बेला एउटा ल्वाङ चुस्नु अचि फाईदाजनक हुन्छ । –यस्ता विरामीले काँचो फल खानुहुँदैन । –पुलिना,मुलेठी भएको हर्बल चियाको सेवन गर्नु फलदायक हुन्छ । –यस्ता बिरामीले काँचो मुला,प्याज सेवन गर्नुहुँदैन । –राति सुत्नुअघि कमसेकम २ घण्टा अघि खाना खानुपर्छ । –एसिडिटी भएको बेला दही खानाले तुरुन्त राहत प्रदान गर्दछ । –सबैमध्ये समयमा सुत्नु र उठ्ने बानी बसाल्नु प्रमुख उपाय हो ।

एजेन्सिको सहयोगमा