बैज्ञानिक योजना सहित सौराहाको विकास गर्न पर्यटन व्यवसायीको चासो

542 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

saurahaa hotel pressचितवन , – सौराहाका पर्यटन व्यवसायीहरुले बैज्ञानिक योजना सहित चितवनको पर्यटन विकास गर्ने बताएका छन् । क्षेत्रीय होटल संघ नेपाल चितवनले भदौ २० गते शुक्रवार सौराहामा आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले विषय विज्ञहरुको सुझावको आधारमा सौराहाको विकास गर्ने जानकारी दिनुभयो ।

उहाँले योजना मात्रै ल्याएर नभई व्यवहारमा कार्यान्वयन गर्ने गरी सौराहाको परिवर्तन गर्न आफ्नो टिम नै सक्रिय हुने बताउनुभयो । कार्यक्रममा बोल्दै चितवन निकुञ्जका पुर्वीसेक्टर प्रमुख तथा सहायक संरक्षणअधिकृत रमेश थापाले संरक्षण महत्वपूर्ण भएको भन्दै अहिलेको गरिमा बचाउन चुनौतीपुर्ण भएको बताउनुभयो ।

सो क्रममा बोल्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका आयोजना प्रमुख डा चिरञ्जिवि पोख्रेलले संरक्षणविना पर्यटन व्यवसाय संभव नभएकाले संरक्षण र विकास संगसँगै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा व्यवसायीहरुले सौराहाको विकास तथा संरक्षणलाई नयाँ कार्यसमितिले विशेष ध्यान दिएको वताएका छन् । कार्यक्रममा पत्रकार महासंघका सभासद नारायण ढुंगानाले सौराहासँगै चितवनका अन्य पर्यटकिय क्षेत्रको विकासमा समते व्यवसायीहरु क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो ।

क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संघका प्रथम उपाध्यक्ष सुमन घिमिरेले स्थानिय संघसंस्थासँग हातेमालो गर्दै संघ अघि बढ्ने बताउनुभयो ।
संघका महासचिव राममणी खनालले संचालन गर्नुभएको कार्यक्रममा क्षेत्रीय होटल संघका पुर्व अध्यक्ष हरिभक्त घिमिरे , निवर्तमान अध्यक्ष नारायण भट्टराई , युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष बलराम दाहाल ,पर्यटन व्यवसायी गोपाल अधिकारी ,चरा विज्ञ वासु विंडारी ,संरक्षणकर्मी बासु ढुंगाना , अशोक चौधरी , दिपक भट्टराई ,विष्णु थापा लगायतले बोल्नुभएको थियो ।