एसएलसी पूरकको नतिजा सार्वजनिक- ६५ दशमलव २१ प्रतिशत उत्तिर्ण  

670 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भक्तपुर – एसएलसी पूरकको नतिजा सार्वजनिक भएको छ ।

परीक्षामा सहभागि १ लाख २० हजार ३ सय १७ जना मध्ये ७८ हजार ४ सय ५३ जना उत्तिर्ण भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यो कूल परीक्षार्थीको ६५ दशमलव २१ प्रतिशत हो । परीक्षाफल अनुसार प्रथम श्रेणीमा २ हजार १ जना, दोश्रो श्रेणीमा ५८ हजार ८६ जना र १७ हजार तीन सय ६६ जना परीक्षार्थी उत्तिर्ण भएको कार्यालयले जनाएको छ ।

जसमा छात्राको संख्या ४१ हजार ६ सय २२ छ भने ३६ हजार ८ सय ३१ जना छात्र उत्तिर्ण भएका नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिए । ६७ दशमलव ०४ प्रतिशत छात्रा र ६३ दशमलव ६६ प्रतिशत छात्र उत्तिर्ण भएका छन् ।

परीक्षामा ६५ हजार ३ सय ७८ जना छात्रा र ५४ हजार ९ सय ३९ जना छात्र सहभागि थिए ।

परीक्षामा सहभागि विद्यार्थीको यस अघि सार्वजनिक भएको तथ्याङ्कमा केही परिवर्तन भएको छ । परीक्षामा सहभागि हुने सबै विद्यार्थीको लगत अन्तिममा मात्रै प्रमाणिकरण भएकोले तथ्याङ्कमा केही तल माथि परेको कार्यालयले जनाएको छ । प्राप्ताङ्क सहितको नतिजा थाहा पाउनका लागि  www.edukhabar.com/ http://slc.ntc.net.np/ मा जान  सकिनेछ ।