नियमलाई पालना गरेर मात्र उद्योगहरु सञ्चालन गर्नुपर्ने

506 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ÷राज्यको नीति नियमलाई पालना गरेर मात्र उद्योगहरु सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भएको छ ।

crosser सि पि आर पि नेपालको सहयोगमा स्थानिय शान्ति समिति धादिङले बिहीवार धादिङबेसीमा आयोजना गरेको ढुङगा, गिट्टी, बालुवा सम्बन्धमा सरकारवालाहरु बीच गरिएको १ दिने अन्तक्र्रिया कार्यक्रममा नेपालले यस्तो बताउनु भएको हो । नेपालले धादिङका उद्योग ब्यबसायिहरुले ब्यबसाय सञ्चालन गर्दा राज्यको गैर कानुन क्रियाकलापलाई मिचेर काम गर्छ भने त्यस्ता ब्यबसायिहरुलाई कुनै पनि हालतमा नछाड्ने र ब्यबसायहरु नै बन्द गरिदिने चेतावनी दिनु भयो । मन्त्री परिषदको बैकठबाट भदौ १ गते देखि पौष मसान्त सम्मको लागि बन्द भएका क्रसर र फिरफिरेहरु सञ्चालन गर्ने निर्णय गरे पनि अहिले धादिङको राजमार्ग क्षेत्र स्थिति त्रिशुली नदी किनारमा सञ्चालन गरेको अधिकांश फिरफिरेहरु बन्द भएका छन् । यसै गरी स्थानिय विकास अधिकारी रुद्र सिंह तामाङले भने असोज १ गते देखि लागु हुने गरी बालुवा धुने फिरफिरे र क्रसर सञ्चालन गर्ने निश्चित ठाउँ तोकि सञ्चलान गर्ने ब्यबस्था गर्ने बताउनु भयो । नदीको छेउ–छाउबाट करिब ४÷५ सय मिटर दुरी नजिकबाट बालुवा, ढुङगाहरु झिक्न र उद्योगहरु सञ्चालन गर्न नपाई समेत उहाँ बताउनु भयो । यसै गरी नेपाली काङग्रेस धादिङका सभापति राम नाथ अधिकारीले क्रसर उद्योग ब्याबसायिहरुको लागि राज्यले बनाएको नीति नियमलाई पालन गर्नु पर्ने बताउनु हुँदै राज्यले बनाउको नियम पक्षपात रहित भेदभाव नभएको ठोकुवा गर्नु भयो । उता घरेलु तथा साना उद्योग कार्यालय धादिङले भने क्रसर उद्योगहरु सञ्चालन गर्दा राज्यको नयाँ मापदण्ड अनुसार उद्योगहरु दर्ता गरी उद्योगहरु सञ्चालन गर्नु पर्ने बताएका थिए । धादिङको राजमार्ग क्षेत्रमा सञ्चालन गरेको २२ वटा फिरफिरेहरु अहिले सम्म घरेलु तथा साना उद्योग कार्यालय धादिङमा दर्ता नभएकोले बन्द भएको समेत बताउनु भयो । राजमार्ग क्षेत्रहरुमा सञ्चालनमा आएका ३० वटा क्रसर उद्योगहरु मध्ये केही क्रसरहरु भने बन्द रहेका छन् । उता क्रसर उद्योग र फिरफिर सञ्चालकहरुले भने यदि ब्यबसायहरु सञ्चालन अबैध रुपमा गरेको भए जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले जेल हाल्न सक्नु पर्ने यदि होइन भने ब्यबसाय सञ्चालन गर्न दिनु पर्ने माग गरेका थिए । अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, स्थानिय विकास अधिकारी रुद्रसिंह तामाङ, नेपाली काङग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमाले धादिङका अध्यक्ष खेम लोहनी, एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष एवं स्थानिय शान्ति समिति धादिङका संयोजक राम बहादुर भण्डारी, क्रसर उद्योग संघ धादिङका अध्यक्ष पुरुषोतम रेग्मी, क्रसर उद्योग संघ धादिङका सचिव राम कृष्ण रेग्मी,  विभिन्न कार्यलयका कार्यालय प्रमुखहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।