मौज्दात पाठ्यपुस्तकको अनुगमन गरिने

596 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

resize_imageकाठमाडौँ, – सरकारले सरकारी तथा निजी प्रकाशकको पाठ्यपुस्तक गोदामको अनुगमन गर्ने भएको छ ।

शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बुधवार बसेको पाठ्यपुस्तक व्यवस्थापन केन्द्रीय अनुगमन समितिको बैठकले आगामी शैक्षिकसत्रका लागि आवश्यक पर्ने कक्षा–१ देखि कक्षा–१० सम्मको पुस्तक प्रकाशकले तोकेअनुसार मौज्दात छ की छैन भनेर अनुगमन गर्न लागिएको हो ।

समितिले पाठ्यपुस्तक अनुगमनका लागि शिक्षा विभागको नेतृत्वमा तयार गरिएको कार्यदलका सदस्य अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार भोलिदेखि निजी क्षेत्र र जनक शिक्षा सामग्री केन्द्रको गोदाम निरीक्षण गर्न लागिएको हो ।

प्रकाशकको दाबीअनुसार पाठ्यपुस्तक मौज्दात नभएमा आगामी शैक्षिकसत्रका लागि पुस्तक अभाव हुने भएकाले त्यसो हुन नदिन निरीक्षण तथा अनुगमन गर्नुपरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

कार्यदलमा जनक शिक्षा सामग्री केन्द्र, अभिभावक, शिक्षक र निजी क्षेत्रको सहभागी रहेको छ । आगामी शैक्षिक सत्रका लागि ६९ लाख ९५ हजार ७१५ विद्यार्थीका लागि लगभग चार करोडभन्दा बढी पाठ्यपुस्तक आवश्यक हुन्छ ।