वस ठोक्किंदा घटनास्थलमानै पांचको मृत्यु,३४ जना घाईते ,१० जनाको अवस्था गम्भिर

572 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,१३ असोज – दशैंमा घर जान लागेका यात्रु लिएर गन्तव्य तर्फ जांदै गरेको दुईवटा यात्रुवस धादिङको भुमेस्थान गाविसको सिम्लेमा एक आपसमा ठोक्किंदा पांच जनाको घटनास्थलमानै ज्यान गएको छ ।accident 1231 दुर्घटनामा परी ३४ जना घाईते भएका छन । घाईते मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ । सोमवार विहान ६ वजे तिर पृथ्वीराजमार्ग अन्र्तगत धादिङको भुमेस्थान गाविसको वडा नम्बर ६ सिम्लेमा भएको वस दुर्घटनामा परी पांच जनाको घटनास्थलमानै ज्यान गएको हो । दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा म्याग्दीका ४० बर्षिय किसन क्षेत्री,काठमाण्डौं विशालनगरका ३० बर्षिया प्रितिका थापा र उनकी छोरी ६ बर्षकी कान्छि थापा रहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पौडेलले जानकारी दिनु भयो ।
काठमाण्डौंवाट कांकडभिट्टाका लागि छुटेको ना ५ ख ४३८४ नम्बरको वस संग वेनिबाट काठमाण्डौं आउंदै गरेको ना ३ ख ७६३३ नम्वरको वस सोमवार विहान ६ वजे तिर एकआपसमा ठोक्किंदा भएको सो दुर्घटनामा परी पांच जनाको ज्यान गएको हो । ज्यान जाने मध्ये प्रितिका र उनकी छोरी कांकडभित्ता तर्फ जांदै थिए भने वेनिबाट आएको वसका मालिक किसन क्षेत्री आंफैले बस चलाएका थिए । दुर्घटनामा परी ३४ भन्दा बढी गम्भिर घाईते भएकोमा २४ जनाको स्थानीय स्वास्थ्य केन्द्रहरुमा उपचार गराईएको थियो । बांकी १० जनाको भने स्टार अस्पताल बल्खुमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुवै बस अत्याधिक गतिमा रहेको कारण आमने सामने पर्दा एक्कासी अनियन्त्रित हुन गई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तस्विर सौजन्य ः पत्रकार सन्तोष अधिकारी