अपराध नियन्त्रण गर्न धादिङ प्रहरी सक्रिय- तीन जना फरार अभियुक्त पक्राउ

647 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_5136धादिङ,२१ असोज – विभिन्न समयमा अपराधजन्य कार्यमा संलग्न भई फरार रहंदै आएका अभियुक्तहरु पक्राउ गर्ने अभियान शुरु गरेको धादिङ प्रहरीले एक सातामा तीन जनालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्ने मध्येको एकमा धादिङको खाल्टे गाविस वडा नम्बर ६ देउराली वस्ने ५५ बर्षिय पूर्णवहादुर थापामगर रहेका छन । मगर २०७० फागुन २८ गते छिमेकीलाई जवरजस्ति करणी गरी फरार रहंदै आएका थिए । घटनापछि फरार रहंदै आएका मगरलाई असोज १८ गते निजकै घरवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
यसैगरी २०७० माघ २४ गते बेलुकी ५ वजे तिर धादिङको सेमजोङ गाविस वडा नम्बर ५ टिकाढुङ्गामा ससुराली आएका नुवाकोट जिल्ला सामरी गाविस ९ का ३१ बर्षिय पहलमान तामाङको हत्यामा संलग्न भई फरार रहेका राजकुमार तामाङ पनि पक्राउ परेका छन । जिल्लाको धुंवाकोट गाविस वडा नम्बर १ पात्लेका २८ बर्षिय तामाङ लगायतको समुहले पहलमानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपनि निहरु फरार रहंदै आएका थिए । वारदात मिति देखिनै फरार रहंदै आएका तामाङलाई पनि असोज ६ गतेगाउंवाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी २०६९ मंसिर १८ गते राती ८ वजे तिर धादिङको दार्खा गाविस वडा नम्बर ७ वस्ने २७ बर्षिय भिषण सिम्खडाको हत्यामा संलग्न भई फरार रहंदै आएका पूर्णवहादुर गुरुङ पनि पक्राउ परेका छन । सिम्खडाको दार्खा गाविसको वडा नम्बर १ रातमाटेमा गुरुङ लगायतका व्यक्तिवाट धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सिम्खडाको हत्या पछि फरार रहंदै आएका गुरुङलाई असोज २१ गते दार्खा गाविसको वडा नम्बर ८ वाट गरी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनलाई मंगलवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउ परेका सवैजना माथि जघन्य अपराधमा संलग्न भएको मुद्धा दायर अनुसन्धान पुरा गरी ऐनको म्याद भित्र जिल्ला सरकारी वकिल कार्यालय धादिङ मार्फत मिसिल कागजातहरु सहित धादिङ जिल्ला अदालतमा पेश भईसकेकाले सवैलाई तत्काल अदालत पेश गरिने धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले जानकारी दिनु भयो ।

अपराध नियन्त्रण गर्न धादिङ प्रहरी सक्रिय

SAM_5142मंगलवार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी धादिङ प्रहरीले चार महिनाको अपराध विश्लेषण सार्वजनिक गरेको छ । गएको जेठ १२ गतेदेखि हाल सम्म जिल्लामा ७ सय ८१ वटा अपराधका घटना भएको प्रहरीले जनाएको छ । चार महिनामा १ सय ३ वटा मुद्धा दर्ता भएका छन । यसैगरी सामान्य घटनाका ३ सय ६५ वटा,सवारी दुर्घटनाका २ सय ७८ र महिला तथा वालवालिका उपर भएका अपराधका ३५ वटा घटना दर्ता भएको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले जानकारी दिनु भयो ।
प्रहरीको सक्रियता बढ्दै जान थाले पछि जघन्य अपराधमा संलग्न भई फरार रहंदै आएका अभियुक्तहरु पक्राउ गरी अदालतमा बुझाउने कार्यमा पनि तिव्रता आएको मल्लले वताउनु भयो । यसरी पक्राउ परेकाहरुवाट अहिले सम्म ३ करोड भन्दा बढी लगत काटिसकेको र अन्य अपराधीकोपनि खोजी कार्य जारी रहेको मल्लले जानकारी दिनु भयो ।