टचकनको अन्तर्राष्ट्रियस्तरको शोरुम न्यूरोडमा

931 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Touchkon Logoकाठमाडौं । ‘टचकन’ ब्रान्डको अत्याधुनिक शोरुम काठमाडौंस्थित न्यूरोडमा स्थापना  भएको छ । नेपालका लागि टचकनको आधिकारिक विक्रेता लेजर इन्फोटेक नेपाल प्रालिले ‘टचकन’का स्मार्टफोन र ट्याब्लेटको विक्री वितरण तथा अवलोकनका लागि अन्तर्राष्ट्रियस्तरको शोरुम यहा“ स्थापना गर्न लागेको हो । उक्त शोरुमको घटस्थापनाको दिन उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

Touchkon M800शोरुममा टचकनका विभिन्न मोडलका स्र्माटफोन तथा ट्याब्लेट राखिनेछ । सोही अवसरमा टचकनको ‘एम ८००’ मोडलको स्मार्टफोनसमेत लन्च भएको छ । एन्ड्रोइडको ४.४.२ किटक्याट अपरेटिङ सिष्टममा चल्ने यस मोबाइलमा २ जीबीको र्याम, १.७ गिगाहर्जको ओक्टा प्रोसेसर, १६ जीबी मेमोरी रहेको छ । एकै पटक दुई वटा सिम प्रयोग गर्न सकिने टचकनको ‘एम ८००’ मा १३ मेगापिक्सलको क्यामेरा रहेको छ । पातलो तथा हलुका तौल भएको यस स्मार्टफोनको मूल्य .२७ हजार रुपैया रहेको छ ।

टचकन दुबईको लिडिङ स्मार्टफोन तथा ट्याब्लेट पीसी उत्पादक कम्पनी हो । कम्पनीले तुलनात्मकरुपमा कम मूल्यमा उच्च प्रविधि र सुविधायुक्त उत्पादन विक्री गर्दै आएको दाबी गरेको छ । मध्यम तथा उच्च वर्ग लक्षित स्मार्टफोन तथा ट्याब्लेट तुलनात्मकरुपमा सस्तो भएको विक्रेता कम्पनीको दाबी छ । नेपालमा टचकनका स्मार्टफोनहरु .१२ हजार २०० देखि .२७ हजार सम्ममा उपलब्ध हुनेछन् । त्यस्तै, टचकनका ट्याब्लेटको मूल्य भने २० हजार ७०० देखि .२३ हजार ६०० सम्म पर्ने कम्पनीले जनाएको छ ।