५० हजारलाई रोजगार दिने उद्योग मन्त्री बस्नेतको भनाई

555 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भैरहवा । सरकारले सहिद परिवारलाई दिने दुई करोड ८० लाख आफूलाई दिए मुलुकका ५० हजारलाई रोजगार दिने उद्योग मन्त्री महेश बस्नेतले बताउनुभएको छ ।

प्रेस चौतारी रुपन्देहीले गौतम बुद्ध विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले युवाहरूलाई फरक किसिमको तालिम दिएर रोजगारीमा लगाउन सकिने बताउनुभयो ।
मुलुकमा रहेको बरोजगारलाई घरेलु बाहेक फरक किसिमको तालिम कसरी दिन सकिन्छ भन्ने आफूले योजना बनाएको र ५० हजार बेरोजगारलाई कसरी रोजगार दिन सक्नेमा आपूmले छिटै योजना सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

मुलुकमा जसले उत्पदान गर्छ त्यही उत्पीडित रहने नेपालको विडम्बना रहेको बताउँदै सरकारी कर्मचारीले पनि मुलुकमै बन्ने कपडाको पोसाक लगाउनुपर्ने बताउनुभयो ।