अनुसन्धानमा प्रभावकारी बन्दै पोलिग्राफ मेसिन

639 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

polygraph_379882741काठमाडौं : धादिङका श्यामकुमार श्रेष्ठले एक युवतीलाई बलात्कार गरेको भन्दै आफन्तले उनीविरुद्ध प्रहरीमा उजुरी गरे। जबरजस्ती करणी मुद्दामा उजुरी दिनुपर्नेमा आफन्तले सार्वजनिक मुद्दामा उजुरी दिए। प्रहरीले आफन्तकै विश्वासमा श्यामकुमारमाथि सार्वजनिक मुद्दा चलायो। गाउँका केही सर्वसाधारणले श्यामकुमारले अपराध गरेर पनि मुक्ति पायो भन्ने हल्ला चलेपछि जिल्ला प्रहरी धादिङले उनीमाथि पोलिग्राफ मेसिन लगाउने निधो ग:यो।
पोलिग्राफ लगाउँदा श्यामकुमारले युवतीमाथि बलात्कार गरेको केही तथ्य खोले। प्रहरीले ती युवतीमाथि पनि बयान लिँदा घटना भए पनि परिवारको दबाबका कारण आफूले केही नबोलेको रुँदै बताइन्। पीडित युवतीका बाबुले श्यामकुमारले दिएको सात लाख रुपैयाँ भान्जीको घरमा लुकाएर राखेको प्रहरी अनुसन्धानबाट खुल्यो।
सार्वजनिक मुद्दा चलाइएका श्यामकुमारमाथि प्रहरीले सार्वजनिक मुद्दापछि जबरजस्ती करणी मुद्दा चलायो। गत वर्ष फागुन २४ गतेको यो घटनामा प्रहरीले पैसा खाएर घटना गुपचुप पारेको हो कि भन्ने तर्फ पनि प्रहरी अनुसन्धान बढेको थियो।
प्रहरी अनुसन्धानका क्रममा अभियुक्तले झूटो बोलेको वा भन्न नचाहेको कुरा पोलिग्राफ मेसिनको परीक्षणमार्फत पत्ता लाग्ने गरेको छ। पछिल्लो समयमा पोलिग्राफ मेसिन प्रहरी अनुसन्धानमा प्रभावकारी बन्दै गएको छ। पोलिग्राफ मेसिनले तीन सय नौजना अभियुक्तमाथि परीक्षण गरेको थियो। जसमा एक सय ४२ जना निर्दोष भेटिएका थिए। यही मेसिनकै परीक्षणबाट केही घटनामा निर्दोष मानिएका पनि दोषी पाइएका छन्।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका प्रहरी निरीक्षक दिपक भण्डारीका अनुसार काठमाडौं उपत्यका, कैलाली, चितवन, अर्घाखाँची, बारा, धादिङ, धनुषा, डोल्पा, गोरखा, झापा, कास्की, लमजुङ, मकवानपुर, मोरङ, ओखलढुंगा, पाँचथर, पर्वत, पर्सा, रूपन्देही, सप्तरी, सिन्धुपाल्चोक, सिरहा, सुनसरी, सुर्खेत, स्याङ्जा र तनहुँमा प्रहरीले पक्राउ गरेका अभियुक्तमाथि पोलिग्राफ मेसिनबाट परीक्षण गरिएको थियो। भण्डारीका अनुसार अनुसन्धान ब्युरो, विशेष ब्युरो र लागूऔषध नियन्त्रण ब्युरोले पनि सातजना अभियुक्तमाथि परीक्षण गरेको थियो।
भण्डारीका अनुसार पोलिग्राफ मेसिनसँगै प्रश्नस ोध्ने प्रहरी अधिकृतका कलाले पनि घटनाको सत्यता बाहिर ल्याउन सहयोग मिल्छ। अभियुक्तको रक्तसञ्चार र श्वासप्रश्वासबाट उसको मनोविज्ञान परीक्षण गरेर त्यही मोडेलमा प्रश्न सोधिएपछि उत्तरबाट थप अनुसन्धान गर्दा सही वा गलत पहिचान हुने जानकारी भण्डारीले दिए।
‘अदालतले अपराधमा म्याद थपेर अनुसन्धान भएका अभियुक्त पनि परीक्षणपछि निर्दोष भएर फर्काउन प्रहरी सफल भएको छ, जुन सही न्यायको आधारशिला हो’, विभागका प्रमुख एआईजी सुरेन्द्रबहादुर शाहले भने। अहिले नेपाल प्रहरीसँग १२ वटा पोलिग्राफ मेसिन छ अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।