वेनिघाट स्वास्थ्य चौकीमा विश्व हात धुने दिवस-महिला तथा वालवालिकालाई हात धुन सिकाईयो

1014 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

hat dhun sikdai बेनिघाट–विश्व हात धुने दिवस बुधवार संसार भर विभिन्न कार्यक्रमका साथ मनाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले पनि दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य निरिक्षक बिष्णु रिजालका अनुसार जिल्लाका सवै गाविसका स्वास्थ्य संस्थाहरुमा दिवस मनाईएको छ । यसैक्रममा धादिङको बेनिघाट स्वास्थ्य चौकीमा पनि दिवस मनाईएको छ । “हात धोऔ, रोग बाट बचौँ” नारा सहितको उक्त कार्यक्रम स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष रामहरि कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख बाबुराम कौडालले हात धुनुको महत्व वारे प्रकाश पार्नु भएको थियो । स्थानीय समाजसेवी, ब्यवस्थापन समितिका सदस्य भूमि प्रसाद कडेलले हात धुने कार्यक्रम विशेष गरी चेतनाको स्तर कमि भएका पिछडिएको जाती चेपाङ तथा दलित बस्तीमा सञ्चालन हुन सके कार्यक्रम प्रभावकारी र फलदायी हुने सुझाव दिनु भएको थियो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविका गिता पाण्डे, आमा समुह सञ्जालकी अध्यक्ष चित्रादेवी नहर्कीले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका अध्यक्ष रामहरि कडेलले उपस्थित महिलाहरुले आफुले सिकेका ज्ञान, सिप र धारणाको प्रयोग वडा स्तरमानै गराउन सके रोग नियन्त्रण हुने मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित ७० जना महिलाहरुलाई हात धुने र दात माझ्ने तरिकाको समेत अभ्यास गराइएको थियो । सो कार्यक्रममा प्रयोग भएका मञ्जन, ब्रस र साबुन शान्ती नेपाल, गजुरी, धादिङले स्वास्थ्य चौकीलाई सहयोग स्वरुप उपलब्ध गराएको बेनिघाट स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य अधिकृत कौडालले जानकारी दिनुभयो ।