मध्यअफ्रिकामा बन्दुकधारीले तीस व्यक्तिको हत्या गरे

486 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बानगुई, (मध्यअफ्रिकी गणतन्त्र), ६ कात्तिक । मध्यअफ्रिकी गणतन्त्रमा यसैसाता भएको नयाँ आक्रमणमा बन्दुकधारीहरूले कम्तीमा ३० व्यक्तिको हत्या गरेको जानकारी संयुक्त राष्ट्र सङ्घको शान्तिकर्मीहरूले बुधबार दिएका छन् ।

यस मुलुकको मध्यभागमा रहेका यामाल गाउँमा मङ्गलबार तथा बुधबार भएका आक्रमणमा अन्य दर्जनौँ व्यक्ति घाइते भएको, उनीहरूले लुटपाट गरेको तथा घरहरू जलाइदिएको संयुक्त राष्ट्र सङ्घको मिनुस्काले जानकारी दिएको छ ।
यस संस्थाले बन्दुकधारीले छिमेकी गाउँमा पनि आक्रमण गरेकाले मर्ने व्यक्तिको सङ्ख्या बढ्नसक्ने जानकारी दिएको छ । आक्रमणको समाचारले सयौँ व्यक्ति नजिकैको गाउँ बमबारीमा शरण लिन पुगेको मिनुस्काले जानकारी दिएको छ । एएफपी