१० प्रतिशत विदेशी महिला कामदारमाथि यौनहिंसा

617 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

girl r1

दक्षिण कोरिया-दक्षिण कोरियामा कार्यरत १० प्रतिशत विदेशी महिला कामदारहरुमाथि यौनहिंसा भएको तथ्याङ्क सार्वजनिक भएको छ । गत वर्षको तथ्याङ्कलाई हेर्दा १०.७ प्रतिशत विदेशी महिला कामदारहरुमाथि यौनहिंसा भएको सांसद लि जस्मिनको कार्यालयलाई उद्धृत गर्दै कोरियाहेरल्डले जनाएको छ । सांसद लि विदेशी मुलकी कोरियन नागरिक हुन् ।
यौनहिंसा पिडितहरुमध्ये ३५.५ प्रतिशत महिलाहरु बलत्कारको शिकार भएको, ३५.५ प्रतिशत महिलाले अनावश्यक शारिरीक छुवाईको सामना गरेको, २९ प्रतिशतलाई मदिरापान गर्न कर गर्दै संवेदनशिल अंगमा छोइएको थियो । जहाँ १२.९ प्रतिशतलाई पैसाको प्रलोभन देखाई यौनसम्पर्क गर्न भनिएको थियो ।

अनुसन्धानका क्रममा ८८.९ प्रतिशत महिलाहरुले आफ्नो कम्पनी मालिक तथा व्यवस्थापकबाट पिडित भएको बताएका थिए भने १६.७ प्रतिशतले आफ्नै देशका सहकर्मीहरुबाट पिडित भएको बताएका थिए । कोरियामा कार्यरत विदेशी महिला कामदारहरुमाथि कार्यस्थलमा हुने यौनहिंसा लाई रोक्न र उनीहरुलाई सहयोग गर्नका लागि लैङ्गिक समानता तथा परिवार मन्त्रालयले उचित कदम चाल्नुपर्ने सांसद लि ले बताएकी छिन् ।

उता श्रम तथा रोजगार मन्त्रालयले भाषाको समस्या र काम गर्ने वातावरणका कारण कार्यस्थलमा महिलाहरुमाथि हुने यौनहिंसालाई रोक्न ‘पर्चा‘ बाडिएको जनाएको छ । विदेशी कामदारहरुका लागि पहिलोपटक अंग्रेजी भाषामा समेत प्रकाशन गरिएको भनिएको पर्चामा यौनहिंसाको बारेमा विस्तृत जानकारी दिदै, सुरक्षित वातावरणमा काम गर्न पाउने कामदारको अधिकार, यौनहिंसाको सामना गर्ने तरिका आदिका बारेमा उल्लेख गरिएको छ । मन्त्रालयले यस्ता पुस्तिका २० हजार प्रति स्थानीय रोजगारदाताहरु, श्रम कार्यालय र रोजगार केन्द्रहरुमा मात्र नभई धेरै संख्यामा महिला कामदारहरु भएको कार्यस्थलमा समेत बाड्ने बताएको छ हेल्लो नेपाल कोरिया डट कम अनलाईनले खबर लेखेको छ ।