त्रिशूली नदीमा डुवेर तीन किशोर वेपत्ता

657 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
malekhu 3 bepataa 12344धादिङ,१५ कात्तिक ः धादिङ जिल्लाको मलेखुदोभान स्थित त्रिशूली नदीमा पौडी खेल्नेक्रममा तीन जना किशोर हराईरहेका छन ।
ललितपुर जिल्लाको नखिपोटवाट माईक्रोवस रिजर्भ गरी पिकनिक मनाउन आएका २३ जना मध्ये तीन जना किशोर शनिवार दिउंसो ३ वजे तिर त्रिशूली नदीमा डुवेर वेपत्ता भएका हुन । पिकनिक मनाईरहेको वेला नदीमा पौडी खेल्न पसेका किशोरहरु नदीमा हराएका हुन । हराउनेहरुमा ललितपुर नखिपोटका १७ बर्षिय नोलक राई, रेमन थापामगर र १८ बर्षिय सुलभ गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
किशोरहरु विहानै देखि नदी किनारमा नाचगान र रमाईलो गर्दै वसेकोमा तीन वजे तिर एक्कासी मान्छे वगायो भन्दै हारगुहार भएपछि स्थानीयवासी घटना स्थल पुगेका थिए । घटनाको खवर पाए लगत्तै घटनास्थल पुगेको प्रहरी र स्थानीयवासीले उद्धारको प्रयास गरेपनि नदीमा डुवेर हराएहरुको  जिवितै भेटिने सम्भावना नरहेको स्थानीयवासीले वताएका छन । खोजी कार्यभने जारी रहेको छ ।
मलेखु दोभान केही बर्ष यता पिकनिक स्पटका रुपमा प्रयोग हुंदै आएपनि नदीमा जवरजस्ति पसेर मान्छे वेपत्ता हुनेक्रम भने बर्षेनी बढ्दै गएको स्थानीय तिर्थ सिलवालले वताउनु भयो । वाहिर वाट आउने मान्छेलाई नदीको वहाव र गहिराईका वारेमा कमै जानकारी हुने हुंदा नदीमा पस्दा सावधानी अपनाउनुपर्ने सिलवालको सुझाव छ ।