त्रिशूलीनदीमा हराईरहेका तिनैजना किशोरको शव भेटियो

841 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

malekhu 3 bepataa 12344धादिंङ– ललितपुरको नखिपोटबाट पिकनिक खान धादिङको मलेखु स्थित त्रिशूली नदी किनारमा आएको वेला असावधानिवश पौडी खेल्दा त्रिशुली नदीमा डुवेरमा वेपत्ता भएका तीनै जना किशोरको शव एकसाता पछि एकै दिन फेला परेका छन् ।
ललितपुरको नखीपोट वाट आएका २३ जना स्कुले विद्यार्थीहरु मध्ये तीन जना किशोरहरु पौडी खेल्न त्रिशुलीमा पस्दा एक जना डुव्ने क्रममा उद्धारका लागि गएका थप २ जना पनि नदीमा डुवेर वेपत्ता भएका थिए ।
नदीमा डुवेर वेपत्ता भएका निलब राई, र रेमन्त थापा मगरको शव एक जनाको घटना स्थल वाट १० किमि तल शनिवार विहान धादिंगको सला¨–६, नेवारटारको कुईनेउटामा, अर्को शव घटनास्थलवाट ५ किमी तल वेनीघाट–१, करमखोलामा र सुलभ गुरुङको शव भने चितवन जिल्लाको कुरिनटार दोभानमा फेला परेको गजुरीका प्रहरी निरिक्षक हेमन्त भण्डारीले जानकारी दिनु भयो ।
‘परिवार जनले दिएको हुलिया र तस्वीरहरुका आधारमा कुरिनटारमा फेला परेको शव सुलभ गुरुङ्गको भएको एकिन भए पछि संवन्धित आफन्तजनहरुको जिम्मा लगाईएको थियो भने अरु थप २ जनाकापरिवारजनलाई पनि शव पनि आफन्तहरुले पहिचान गरी बुझेका छन ।
त्रिशूली नदीमा पौडी खेल्ने क्रममा धादिङको मलेखु नजिकैबाट ललितपुरका नलुप राई, रेमन्त थापा र सुलभ गुरुङ बेपत्ता भएका थिए । प्रहरीले प्रत्येक दिन त्रिशूली नदीमा खोजि कार्यजारी राखेको थियो । शनिवार विहान धादिङको बेनीघाट गाउँ विकास समिति वडा नम्बर १, सलाङ गाविसको वडा नम्बर १ र चितवनको फिस्लिङ गाविसको कुरीनटार स्थित त्रिशूली नदी किनारमा गरी तीनवटा शव फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । चितवनवाट भेटिएको शव सुलभको भएको र धादिङमा भेटिएको शव नलुप र रेमन्तको भएको उनिहरुका परिवारले पहिचान गरेपछि पुष्टि भएको प्रहरीले जनाएको छ । तीनवटै शव उनिहरुका आफन्तले बुझेको पनि प्रहरीले जनाएको छ । कात्तिक १५ गते शनिवार ललितपुरको नखिपोटवाट पिकनिक मनाउन धादिङको मलेखुदोभान स्थित त्रिशूली नदी किनारमा आएका किशोरहरु नाचगान पछि त्रिशूली नदीमा पौडी खेल्न पस्दा नदीमा डुवेर हराएका हुन । नेपाल प्रहरी,शसस्त्र प्रहरीको आकस्मिक दुर्घटना उद्धार टोलीका साथै स्थानीय पौडीवाज र जलयात्रा व्यवसायीहरु नदी क्षेत्रमा सक्रिय भएका थिए ।