चीन जापान भेटवार्ताका अमेरिकाद्वारा स्वागत

1099 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

xi-jinping-shinzo-abeबेइजिङ, २५ कात्तिक – चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भएको भेटवार्ताको अमेरिकाले स्वागत गरेको छ ।

अमेरिकाले उक्त भेटवार्ताको स्वागत गर्दै हालैका दिनमा देखापरिरहेको यी दुई देशबीचको विवादको समाधानका लागि यस भेटवर्ता सहयोगी हुनसक्ने धारणा राखेको हो ।

चिनियाँ राष्ट्रपति सि र जापानी प्रधानमन्त्री सिन्जो अबेबीच सोमबार बेइजिङमा भेटवार्ता भएको थियो ।

सो भेटवार्ताका कारण यी दुई देशका बीचमा जारी रहेको भनिएको तनाव कम गर्नका लागि सहयोग पुग्ने अमेरिकाले मङ्गलबार जनाएको छ ।

ह्वाइट हाउसले मङ्गलबार सो जानकारी दिएको बताइएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा उपसल्लाहकारले सो धारणा राख्नुभएको हो ।

उहाँले मङ्गलबार जारी गर्नुभएको प्रेस विज्ञिप्तमा भन्नुभएको छ– हिजो चीन र जापानी नेतृत्वबीच भएको भेटवार्ताका हामी स्वागत गर्छौं र यसका माध्यमबाट आगामी दिनमा ती दुई देशबीच थप सम्बन्ध विस्तारमा सहयोय पुग्ने अपेक्षा पनि हामीले गरेका छौँ ।

हालैका दिनमा जापान र चीनबीच सामुद्रिक कानुन र सिमानाका विषयलाई लिएर विवाद उत्पन्न भएको छ । जसका कारण यी दुई देशका नेतृत्वबीच लामो समयसम्म वार्ता हुन सकेको थिएन ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ र जापानी प्रधानमन्त्री सिन्जो अबे सत्तामा आएपछि पहिलो पटक सोमबार मात्र द्विपक्षीय भेटवार्ता भएको थियो ।

यो भेटवार्तालाई जापानी प्रधानमन्त्री अबेले हालको सम्बन्धलाई थप विस्तार गर्ने एक माध्यको सुुरुवात भएको बताउनुभएको छ ।

सो भेटवार्ताका क्रममा जापानी प्रधानमन्त्री अबेले आगामी दिनमा उक्त सामुद्रिक तथा सीमासम्बन्धी समस्याको समाधानका लागि सिधा टेलिफोन सम्पर्क स्थापना गरिनुपर्ने सुझाव दिनुभएको बताइएको छ ।

चीनमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसनको बैठकको सम्मेलनको अयोजना गरिरहेको र सो कोअपरेसनमा सहभागिताका लागि जानुभएका जापानी प्रधानमन्त्री अबेले चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको थियो ।

उहाँहरुबीच आधा घन्टामात्र वार्ता भएको अधिकारीहरुले जनाएका छन् । तरपनि विगतका केही वर्षदेखि यी दुई देशबीचमा सीमासम्बन्धी समस्या भएकोले उहाँहरुबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको हो ।एएफपी