भारतीय गुरु आश्रममा छको मृत्यु

605 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बार्वाला (भारत),- उत्तर भारतमा अवस्थित एक आश्रमबाट प्रहरीले बुधबार पाँचवटा शव बरामद गरेको समाचार छ ।

एक व्यक्तिको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई पनि त्यहीँ सिकिस्त अवस्थामा अस्पताल लगिएको थियो ।

सो आश्रममा प्रहरीको पक्राउ वारेन्टमा परेका ६३ वर्षीय रामपाल महाराज नामक एक गुरुलाई लुकाइएको भनि प्रहरी र गुरु समर्थकबीच झडप जारी रहेको छ ।

पक्राउ पूर्जी जारी गरिएका रामपाललाईसो आश्रममा उनका समर्थकले अझै लुकाएर राखिएको प्रहरीले अनुमान गरेका छन् ।

प्रहरीका अनुसार बरामद भएका शवहरुमा चार महिला रहेका छन् । ती महिला किन र कसरी मारिए भन्ने बारेमा केही खुलेको छैन ।

हत्या र अन्य विभिन्न आरोपमा एक अदालतले पक्राउको आदेश जारी गरेपछि मङ्गलबार आश्रमस्थित उनका सयौं समर्थकले विरोध प्रदर्शन गर्नुको साथै प्रहरी भ्यानहरु आगजनी समेत गरका थिए ।
रामपाल समर्थक सयौं प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा अश्रूग्याससमेत प्रयोग गर्नुपरेको बताइएको छ । एएफपी