नीलकण्ठमा स्नातक तहमा पत्रकारिता बिषयमा पढाई भएन

520 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ÷धादिङ जिल्लाकै पहिलो र जेठो क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तहमा अहिले सम्म  मानविकी संकाय तर्फ पठन पाठन हुन सकेको छैन् । विगत ४ बर्ष देखि मानवीय संकायमा प्लस २ सम्म अध्यापन गराए पनि विद्यार्थी र विद्यालयको भौतिक तथा आर्थिक समस्याले गर्दा यस क्याम्पसमा स्नातक तहमा पढाई हुन नसकेको नीलकण्ठ बहुमुखी क्यामपसका प्रमुख भुपेन्द्र कुमार श्रेष्ठले बताउनु भयो । २०५७ सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तह वि.एड र वि वि एस गरी २ विषयमा भने सम्बन्धन प्राप्त लिई स्नातक तह अध्यापन गराउँदै आई रहेको छ । यस क्याम्पसमा पत्रकारिता विषय पढाउन विद्यार्थीहरुले पटक पटक माग गरेको र नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले बिशेष अनुरोध गरे पनि  पत्रकारिता नै विषय क्याम्पसमा ल्याउन नसकेकाले स्नातक तहमा अध्यापन गराउन निकै समस्या भएको श्रेष्ठको भनाई रहेको छ ।

मानविकी  संकाय विषय ल्याउने क्रममा सुरुमा ५० हजारको धरौटी राखी पछि ५ लाख धरौटी त्रिविलाई बुझाउनु पर्ने ब्यबस्था रहेको वताईएको छ । २०७० सालमा त्रिभुवन विश्व विद्यालयले अनुगमन गरेपछि त्रिविले यस बहुमुखीे क्याम्पसलाई पत्रकारिता विषय पढाउनको लागि मेजर विषयहरु पत्रकारिता, समाज शास्त्र र अङगे्रजी गरी ३ वटा विषयहरुलाई स्बीकृत दिएको थियो ।
नीलकण्ठ बहुमुखी क्याम्पस धादिङले स्नातक तहमा पत्रकारिता विषय पढाउन २०७० माघ महिनाबाट अनुमति पाएको भए पनि अहिले सम्म पत्रकारिता बिषयमा पनि पढाई सञ्चालन नहुँदा विद्यार्थीहरु भने मारमा परेका छन् । यस संकायमा अध्ययन गर्न विद्यार्थीहरु काठमाण्डौ जानु पर्ने बाध्यता रहेको छ । प्लस २ पास पछि स्नातक तहमा  मानविकी संकाय तर्फ पढ्ने विद्यार्थीहरुको संख्या नभएकाले कक्षा सञ्चालन गर्न निकै समस्या भएको नीलकण्ठ बहुमुखी क्याम्पस धादिङका प्रमुख श्रेष्ठको भनाई रहेको छ ।
जिल्लामै पढ्न नपाईने भएपछि प्लस २ पास गर्ने धेरै विद्यार्थीहरुले स्नातक तहमा पत्रकारिता विषय पढ्न खासै ध्यान नदिने गरेको बिद्यार्थीहरु वताउंछन । क्याम्पसमा पत्रकारिताको भविष्य, महत्वको बारेमा विज्ञ शिक्षकहरुले पत्रकारिताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराई सकेको भए पनि अघिल्लो बर्षमा भने यस संकायमा पढ्न चाहने विद्यार्थीहरुको संख्या २ जना मात्र रहेको थियो । विद्यार्थीहरुले चाहना गरे क्याम्पस जुन सुकै समयमा पनि यस संकाय पढाउन तयारी अवस्थामा रहेको क्याम्पस प्रशासनको भनाई छ । अर्को तर्फ विद्यार्थीहरुले भने पत्रकारितामा विषयमा प्लस २ सम्म मात्र पढाउने हो भने जिल्लामा यस विषयको पढाईनै शुरु नगर्खा राम्रो हुने बताउंछन ।