गाउँको विद्यालयमा महिलामात्रै शिक्षक

533 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gorkha school

गोरखा,४ मङ्सिर–गोरखाको बुंकोट गाउँ विकास समितिमा रहेको लखन थापा प्राथमिक विद्यालयका शिक्षक सबै महिलामात्रै रहेका छन् । विगत पाँच वर्षदेखि महिला शिक्षकले विद्यालय सञ्चालन गर्दै आएका हुन् । उक्त विद्यालयका विद्यार्थी अनुशासित र लगनशील भएको नाम्जुङ स्रोत केन्द्रको तथ्याङ्कमा उल्लेख छ । ५ कक्षासम्म पढाइ हुँदै आएको विद्यालयमा ७५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापिका गीता पाण्डेले बताउनुभयो । “महिला शिक्षकमात्रै विद्यालयमा कार्यरत छाँै”, उहाँले भन्नुभयो, “विद्यालयलाई सुधार गर्दै विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सबै शिक्षक लागिपर्छौं ।”विद्यालयमा देखापर्ने हरेक समस्या समाधानका लागि पाँचैजना महिला शिक्षक लागिपर्ने प्रधानाध्यापक पाण्डेको भनाइ छ । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । “विसं २०६२ देखि नै विद्यार्थीलाई अङ्ग्रेजी माध्यमबाट शिक्षण थालेका हाँै”, प्रअ पाण्डेले भन्नुभयो, “सुरुका केही वर्ष विद्यार्थी र शिक्षक दुवैलाई असहज भए पनि अहिले विद्यालयको प्रगति राम्रो छ ।” अङ्ग्रेजी माध्यमबाट शिक्षण गर्न थालेपछि शिक्षक र विद्यार्थी दुवैलाई थप लगनशील बनाउने उहाँको अनुभव छ ।