हेगको अन्तर्राष्ट्रिय अदालतमा बुद्धको प्रतिमा राखिने

768 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौँ । पिस प्यालेसले समेत चिनिने नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालत इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस् रहेको भवनमा बुद्ध प्रतिमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

पिस प्यालेसको स्वामित्व लिएको कर्नेगी फाउण्डेशनले अनुमति दिएपछि आगामी जुन तेश्रो साता स्वीट्जरल्याण्डमा हुने एनआरएनए युरोपियन क्षेत्रीय सम्मेलन अघि १९ जुनमा प्रतिमा राख्ने तय भएको एनआरएन आइसीसी, बुद्ध प्रतिमा प्रतिस्थापन समितिका संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

त्यहाँ राख्न २.५ फिट अग्लो प्रतिमा चार लाख असी हजार रुपैयाँमा खरिद भइसकेको जनाउँदै श्रेष्ठले बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलमार्फत् बुद्धको प्रतिमा हस्तान्तरण गरिने बताउनुभयो ।

कान्तिपुरका लण्डन प्रतिनिधि नवीन पोखरेलका अनुसार प्रतिमा न्यायाधीशहरु रहेको भवनको तेश्रो तल्लामा राखिने छ ।