उदयपुर कारागारमा झडप

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

उदयपुर, मंसिर ५ – जिल्ला कारागार उदयपुरमा शुक्रबार कैदी बन्दीबिच झडप हँदा पाँच जना कैदी घाईते भएका छ । दिउँसो कारागारका नाइके मनोज राईको समूहलाई कैदी सञ्जिव राईको समूहले आक्रमण ँ गरेपछि झडप भएको हो । झडपमा नाईके मनोज, कैदी युवराज विक, भगवत मलाहा, तुलसी राई र सञ्जिव राई घाईते भएको कारागार प्रशासनले जनाएको छ । घाईतेमध्ये तुलसीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला वाहिर पठाईएको छ । अन्य सबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहको जेलर मुकुन्द ढकालले बताउनुभयो । तुलसीको टाउकोमा गम्भीर चोट लागेको छ । नाइकेको समूहले सरुवा हुने कैदीबन्दीको रेकर्ड स्थानीय सुरक्षा प्रमुखहरुलाई नदिएको, कैदीको शोषण गरेको र सरुवा भएर जाने कैदीबाट रकम असुलेको भन्दै कैदी सञ्जिवको समूहले आक्रमण ँ गरेको खुलेको छ ।झडपलगतै जिल्ला प्रहरी कार्यालयको टोलीले जेललाई नियन्त्रण्ँमा लिएर घाईतेहरुको उद्दार गरेको थियो । घटनाको थप अनुसन्धान भईरहेको उदयपुर प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङले बताउनुभयो । दुई समूहबीच झडप भएपछि कारागामा भएको तनाव अहिले सामान्य बन्दै गएको एसपी गुरुङले बताउनुभयो । ५० जना क्षमता रहेको कारागारमा अहिले एक सय १२ जना कैदी रहेको कारागार प्रमुख ढकालले बताउनुभयो