अमेरिकी जनतालाई खाना खेर नफाल्न आग्रह

1095 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वासिङटन, ६ मङ्सिर । खाद्यान्न उत्पादन पर्याप्त भएकोमा खुसी मनाउन आयोजना गरिने बिदाको दिन अर्थात धन्यवाद दिवस (थ्याङ्क्स गिभिङ डे) मनाउन अमेरिकी जनतालाई खाना खेर नफाल्न आग्रह गरिने भएको छ ।

हरेक वर्ष अमेरिकामा एक करोड ५४ लाख किलोग्राम खाना फाल्ने गरिन्छ । उक्त जानकारी वातावरण संरक्षण संस्था– इन्भाइरन्मेन्ट प्रोटेक्सन एजेन्सी (ईपीए) ले शुक्रबार दिएको हो ।
यसरी खेर फालिने खाना उत्पादन गरिएको, भित्र्याइएको तथा खरिद गरिएको खानाको २१ प्रतिशत हुने गरेको बताइन्छ । यसको मूल्य १.३ अर्ब अमेरिकी डलर बराबर हुने बताइएको छ भने अमेरिकामा प्रत्येक छ व्यक्तिमा एक भोको हुने गरेको जानकारी दिइएको छ ।

ईपीएले यसै साता सामाजिक आमसञ्चार अभियान सञ्चालन गरेको छ । यस संस्थाले खेर फालिने खाना तथा त्यसलाई जमिनमा फालिँदा उत्पन्न हुने हरितगृह ग्याससँग सम्बन्ध स्थापना गर्न प्रयास गरेको छ ।

यस संस्थाले आफ्नो बेवसाइटमा खेर फालिने खाना मिथेनको ठूलो स्रोत हुने र त्यसले कार्बन डाइअक्साइडको तुलनामा २१ प्रतिशत गुणा बढी पृथ्वीको तापक्रम बढाउनसक्ने उल्लेख गरिएको छ ।

ईपीएका सहायक प्रशासक म्याथी स्ट्यानिसलसले व्यक्ति तथा व्यापारले पनि वातावरण संरक्षण गर्नसक्ने बताउनुभयो ।

उहाँले चारजनाको एक अमेरिकी परिवारले प्रति वर्ष एक हजार ६०० अमेरिकी डलर बराबरको खाद्यान्न खेरजानबाट जोगाउनसक्ने उल्लेख गर्नुभयो ।

यसका लागि अमेरिकी सङ्घीय सरकारले वासिङटन क्षेत्रका सेफ क्याथल आर्मस्ट्रङसँग मिलेर घरपरिवारमा खेर फालिने खानालाई कसरी राम्रोसँग उपयोग गर्नसकिन्छ भन्ने विषयमा जानकारी दिनुभएको थियो ।

उहाँले कुनै पनि खानाको अंशलाई अन्तिम अवस्थामा मात्र फोहर फाल्ने भाँडामा राख्नु उचित हुने बताउनुभयो । अमेरिकामा खेर पालिने खाना ४० प्रतिशत घरपरिवारबाट निस्कन्छ भने ६० प्रतिशत रेस्टुराँ, खाना उत्पादन गर्ने संस्था तथा अस्पताल जस्ता व्यापार तथा संस्थाबाट निस्कन्छ ।

उहाँले चारवटा रेस्टुरा सञ्चालन गर्नुभएको छ भने यस विषयमा पुस्तक पनि लेख्नुभएको छ । उहाँले खाद्यान्न उत्पादन गर्ने स्थानमा खाना फ्याकिने गरिएको बताउनुभयो ।

उहाँले पाकशास्त्र अध्यापन गर्ने विद्यालयमा सेफ बन्न चाहने व्यक्तिलाई खानाका प्रत्येक तत्वलाई सम्भव भएसम्म अधिकतम उपयोग गर्ने विषयमा शिक्षा दिइनुपर्ने बताउनुभयो ।
उहाँले सेफले कसरी खाना खेर नफाल्ने भन्ने विषयमा आफूले सिक्नुपर्ने बताउनुभयो । एएफपी