दुर्घटनामा परेका मन्त्री पण्डित भन्छन्, ‘भाग्यले बाँचे’

700 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lalbabuसुनसरी, मसिंर ६ – ‘म आफ्नो समर्थकहरु संग फोनमा कुरा गरिरहेको थिए कुराकानी गर्ने क्रममा एक्कासी पछाडीबाट धक्का दिएको जस्तो महसुस भयो पछि थाहा पाइयो ट्रकले पो हानेको रहेछ,’ आफु चढेको बा १ झ ९८९० नं को गाडी दुर्घटनामा दुर्घटना पश्चात इटहरी आइपुगेका सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले दुर्घटनाबारे यसरी सुनाए । शुक्रवार मोरङ्गको पथरी स्थित पथरी गोल्डकपको उदघाटन पश्चात बिराटनगरमा रहनु भएका मन्त्री पण्डित शनिवार बिहान इटहरी आउने क्रममा अचानक सुनसरीको खनार ३ मा दुर्घटनामा परेका थिए । पूर्वको पर्यटकीय स्थल इटहरीको तालतलैया स्थित युवा रोसन लिम्बुको स्मृतीमा निर्माण गरीएको प्रवेसद्घार उदघाटनको कार्यक्रममा आउने क्रममा मन्त्रि पण्डित दुर्घटनामा परेका थिए । दुर्घटना पश्चात कार्यक्रम स्थल पूग्नु अघि गरिएको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भाग्य दररो भएको कारण आफु बाँचिएको तर पिए वसिम आलम भने गम्भिर घाइते बनेको बताए । उनले हाल आफ्नो स्वकिय सचिव आलमको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।   मन्त्री चढेको गाडिलाई बिराटनगर बाट इटहरी तर्फ आउदै गरेको को १ ख २३१७ नं को ट्रकले ठक्कर दिएकोे र सोही ट्रक तथा चालकलाई तत्काल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी बिनोदकुमार शर्माले बताए । तालतलैया प्रवेशद्वारको उदघाटन १ वर्ष अघी मोटर साइकल दुर्घटनामा परी ज्यान गुमाएका इटहरी ३ तालतलैयाका २६ वर्षीय युवक रोशन लिम्बुको स्मिृतीमा निर्माण गरीएको आकर्षक प्रवेशद्वारको शनिवार बिहान ११:३० मा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले समुदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री पण्डितले पछिल्लो समय इटहरी चौगुणाको हिशाबले बिकाश भइरहेको बताए । मन्त्री पण्डितले इटहरीको तलतलैया क्षेत्रलाई नेपालकै ऐतिहासिक पर्यटकीय स्थलको रुपमा शुचिकिृत गरीने आस्वासन दिदै उन्ले यसका लागि सरकारसंग बिशेष अपिल गरीने बताएका छन् ।