जाजरकोट बस दुर्घटना : मृतकको संख्या ३५ पुग्यो

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

७ मंसिर, जाजरकोट । जाजरकोटको भुर गाविसमा गत विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

भूर गाविसको भूतचौरबाट भेरी नदीमा खसेको ना ३ ख १४०८ बसका बेपत्ता यात्रुहरुको खोजी गर्ने क्रममा आइतबार थप    ३० जनाको शव निकालिएपछि मृतकको संख्या ३५ पुगेको हो ।

आइतबार थप ३० वटा शव भेटिएको र एकत्रित गरी जाजरकोटको खलंगा लैजाने तयारी भैरहेको आफन्तको खोजीमा    टनास्थल पुगेको निरज खड्काले जानकारी दिए ।

दुर्घटनाको बेला बसमा ५० भन्दा बढी यात्रु  रहेको अनुमान गरिए पनि संख्या भने एकीन हुन सकेको छैन ।

सडकबाट झण्डै ५० मिटर तल खसेर नदीमा डुबेको बसलाई चार दिनको प्रयासपछि आइतबार सडकमा निकालिएको छ ।

नदीमा हरारहेका यात्रुहरुलाई खोज्न नेपाली सेना र पोखराबाट ल्याइएका भाडाका गोताखोरहरु परिचालित छन् ।