ब्याट्री सकिएला भन्ने चिन्ता छ ? अब पर्सबाटै मोबाइल चार्ज

456 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

purse_charger_1416808981

  कुनै पनि बेला मोबाइलको ब्याट्री सकिएला भन्ने चिन्ता अब अन्त्य हुने देखिएको छ । किनभने, अब आफ्नै पर्सको सहायताले ब्याट्री चार्ज गर्न सकिने भएको छ । छालाबाट निर्मित यस्तो पर्सको चर्चा अहिले निकै व्यापक हुँदै गएको छ । पर्समा रहेको माइक्रो यूएसबी पोर्टको प्रयोग ट्याब्लेट र मोबाइल चार्जिङका लागि गर्न सकिने बताइएको छ । यो पर्सको डिजाइनका कारण यसमा सजिलै आफ्ना डेबिट/क्रेडिट कार्ड्स र सिक्कासमेत सजिलै राख्न सकिन्छ ।

पर्सका विशेषता
अनौठो विशेषता भएको यो पर्सको निर्माण सोफियानो लेदर्सले गरेको हो । पर्सलाई सजिलै खल्तीमा राख्न सकियोस् भन्ने सोचले औसत आकारमै यसको निर्माण गरिएको छ । पर्समा ३ हजार एमएएच क्षमतासहितको ब्याट्रीको व्यवस्था गरिएको छ । यसै ब्याट्रीबाट स्मार्टफोन सजिलै चार्ज गर्न सकिन्छ । यसको सहायताले पूर्णरूपमा ब्याट्री डिश्चार्ज भइसकेको आइफोन–६ चार्ज गर्न करीब साढे २ घण्टा लाग्ने बताइएको छ । (एजेन्सी)