महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस शुरु

712 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_6371धादिङ– ‘घर शान्ति नै विश्व शान्तिको आधारः महिला हिंसाविरुद्ध शुन्य सहिष्णुता कायम गरौं’ भन्ने नारा सहित ’ं मंगलवार देखि महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालामा पनि शुरु भएको छ ।
यस क्रममा धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा पनि मंगलवार विहान प्रभातफेरी सम्पन्न पुछारवजार पुलचोकवाट शुरु भएको प्रभातफेरी सिरानवजार रमाईलो चौतारामा पुगेर कोण सभामा परिणत भई सम्पन्न भएको थियो । प्रभातफेरी पछि आयोजित कोण सभालाई महिला तथा वालवालिका कार्यालयका प्रमुख सावित्री थापा रावल, प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेका साथै विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले सम्वोधन गर्नुभएको थियो ।
प्रत्येक वर्ष २५ नोभेम्बरका दिन विश्वव्यापी रुप मै यो दिवश मनाइदै आएको छ । महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस २५ नोभेम्वरदेखि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्वरसम्म १६ दिन बिभिन्न कार्यक्रम गरि अभियान कै रुपमा विश्व भरी मनाउने गरिन्छ । धादिङमा पनि महिला अधिकारका क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएका छन ।