मध्यमाचल क्षेत्रीय महोत्सवमा स्टल लिनेले छुट पाउने

817 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Logosss copyमंसिर १२ । मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ को तयारीलाई उद्योग वाणिज्य संघ धादिङले तिव्र पारेको छ ।
पहिलो पटक धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा हुन गईरहेको मध्यमाञ्चल क्षेत्रीय महोत्सवलाई सहभागितामुलक वनाउन महोत्सव मुल आयोजक समितिले विभिन्न निकायसंग परामर्श र समन्वय समेत गरिरहेको छ । यसैक्रममा मध्यमाञ्चल विकास क्षेत्रका १९ वटै जिल्लाका उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघ संग परामर्श र समन्वयको कार्यलाई प्राथमिकतामा राखिएको उद्योग वाणिज्य संघ धादिङले जनाएको छ ।
महोत्सवलाई उपलव्धिमुलक र वनाउन जन सहभागिता संगै प्रदर्शनमा राखिने वस्तुलाई पनि यस पटक बिशेष ध्यान दिइने महोत्सव मुल आयोजक समिति उद्योग वाणिज्य संघ धादिङले जनाएको छ । घरेलु उद्योग,कृषि, जलश्रोत,पर्यटन प्रवद्र्धन–आर्थिक समृद्धि हाम्रो अभियान भन्ने नाराका साथ आगामी पुस ७ देखि १७ गते सम्म धादिङबेसीमा हुन गईरहेको छ । महोत्सवमा स्टल लिनेहरुलाई छुट दिन लागिएको मुल आयोजक समितिले जनाएको छ । महोत्सव व्यवस्थापक शालिकराम दुवाडीका अनुसार साधारण तर्फको ३ वा ३ भन्दा बडी स्टल एउटै समुहले लिएमा २० प्रतिसत छुट पाउने छन । त्यसैगरी मध्यमाञ्चल क्षेत्र भित्रका जिल्लाका उद्योग वाणिज्य संघ वा घरेलु तथा साना उद्योग बिकास समिति वा बिभागको शिफारिसमा आउने व्यवसायीले ४० प्रतिसत छुट पाउने दुवाडीले जानकारी दिनु भयो ।
त्यसैगरी मध्यमाञ्चल क्षेत्र भित्रवाट ल्याईने घरेलु उत्पादन, हस्तकला, कृषि, जडीबुटी जन्य वस्तुहरुको स्टलमा ३ वा ३ भन्दा बढी व्यवसायी आएमा ५० प्रतिसत छुट पाउने व्यवस्था मिलाईएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । महोत्सवका लागि स्टल शुल्क अग्रिम भुक्तानी गर्नेलाई सबै सुबिधा सहित थप १० प्रतिसत थप छुट दिइने आयोजकले जनाएको छ ।