सदरमुकाममै हुने भयो एक हप्तामा दुईवटा महोत्सव

672 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Small copyधादिङ– दुईवटा उद्योग वाणिज्य संघ वनाएर छुट्टाछुट्टै गतिविधि र कार्यक्रमहरु संचालन गर्दै आईरहेका धादिङका उद्यमी व्यवसायीहरु एउटै संघमा संगठित हुने सम्भावना टर्दै जान थालेको छ । व्यवसायीहरुको हकहितका लागि भन्दै दुईवटा उद्योग वाणिज्य संघमा विभाजित हुन पुगेका व्यवसायीहरु मिल्नुको साटो एउटै समयमा महोत्सव गर्ने तयारीमा जुटेका छन ।
सदस्यता वितरण र नविकरणमा राजनैतिक आस्थाका आधारमा विभेद गरिएको भन्दै २०६९ साल मंसिर ३० गते धादिङ उद्योग वाणिज्य संघबाट वाहिरिएका करिव १ हजार व्यवसायीहरुको पहलमा सोही दिन उद्योग वाणिज्य संघ धादिङको गठन गरिएको थियो । औपचारिक रुपमा दुईवटा संघ संचालनमा आएपछि जिल्लाका व्यवसायीहरु पनि विभाजित हुंदै आईरहेका छन । नयां गठन भएको उद्योग वाणिज्य संघले पुस ७ गते देखि १७ गते सम्म जिल्ला सदरमुकाम धादिङबेसीको खुल्लामञ्चमा मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ को तयारीलाई अघि बढाईरहेको बेला धादिङ उद्योग वाणिज्य संघले पनि चौथो धादिङ महोत्सवको घोषणा गरेको छ ।
dcciधादिङ उद्योग वाणिज्य संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी २०७१ पुस २ गते देखि १३ गते सम्म धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा चौथो धादिङ महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो । संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले चौथो धादिङ महोत्सव को तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।संघको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी सकिनै लागेको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकान्त अधिकारीले महोत्सव तयारी अन्तिम चरणमा पुगिसकेको बताउनुभयो । संघले यस अघि पुस ९ गते देखि २१ गते सम्म महोत्सवको आयोजना गर्ने प्रचार प्रसार गरेको भएपनि मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ को तयारी तिव्रगतिवाट अघि बढिरहेको वेला एक्कासी महोत्सवको मिति अघि सारेपछि जिल्लाका उद्यमी व्यवसायीहरु समेत अन्यौलमा परेका छन ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पुर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको धादिङ महोत्सवको लागि पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्ने,जिल्लामा उत्पादित तरकारी तथा फलफुल, माहुरी, मह, घ्यू, माछा, सुन्तला, कुखुरा, च्याउ लगायत वस्तु तथा सेवाहरुको प्रदर्शन गरी स्थानीय बजारको प्रवद्र्धन गर्ने, उत्पादक प्रशोधक, वितरक र उपभोक्ता बीचको सम्बन्ध विस्तार गर्ने, विभिन्न जातजातिको कला, संस्कृति, भेषभुषा, भाषा तथा साहित्यको संरक्षण गर्दै मौलिक संस्कृतिको जगेर्ना गर्ने, सूचना तथा संचार प्रविधिवारे जानकारी गराउने जस्ता उद्धेश्यले महोत्सवको आयोजना गरिएको को अधिकारीले बताउनु भयो ।
नीलकण्ठ नगरपालिकाको रायटारमा आयोजना गर्न लागिएको महोत्सवमा केही प्राविधिक काम बाहेकका स्टलको निर्माण तथा बुकिङका कामहरु शुरु भईसकेको बताइएको छ । विगतका वर्षहरुमा सम्पन्न भएका महोत्सवबाट पाठ सिकेर नया शैलीले महोत्सव सम्पन्न गर्ने योजना बनाएकाले यसपालीको महोत्सव सफल हुने महोत्सव आयोजक समितिका संयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले दावी गर्नुभएको छ ।