मध्यमाञ्चल क्षेत्रिय महोत्सवको निमन्त्रणा गर्न रिङटोन बन्यो

915 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Small copyधादिङ –  धादिङ जिल्लामा पहिलो पटक आयोजना गरिएको मध्यमाञ्चल क्षेत्रीय महोत्सवको तयारीमा जुटको उद्योग वाणिज्य संघ धादिङले महोत्सवको निमन्त्रणा गर्ने रिङ टोन प्रयोगमा ल्याएको छ ।
घरेलु उद्योग, कृषि जलस्रोत, पर्यटन प्रवद्र्धन–आर्थिक समृद्धि समृद्धि हाम्रो अभियान भन्ने नारा लाई महोत्सवको लागि निमन्त्रणा दिने रिङटोनको रुपमा प्रयोगमा ल्याईएको हो । आगामी पुस ७ गते देखि १७ गते सम्म धादिङबेसी खुल्लामञ्चमा हुन गईरहेको  मध्यमाञ्चल क्षेत्रीय महोत्सवको रिङ ब्याकटोन मोबाईलमा राख्नका लागि नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरुले मोबाईलको म्यासेज बक्समा गई DEF टाईप गरी एक स्पेस छाडेर ०१३००४७६६३ टाईप गरी ४४५५ मा म्याजेज गर्न आयोजकले सबैलाई आग्रह गरेको छ ।
सिआरबिटी सुचारु गर्नका लागि REG टाईप गरी १४५५ मा एसएमएस गर्न सकिनेछ ।