हुवेईका नयाँ मोबाइल सेट

673 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- हुवेईले अनर होली, एस्सेन्ड मेट सातसहितको अनर ६ र एस्सेन्ड वाई ५२० नेपालमा ल्याएको छ । एन्ड्रोइड ४.४.२ किटक्याटयुक्त ह्वावे अनर होली आन्तरिक मेमोरीको १६ जीबी, १ जीबी ¥याम, २९४ पीपीआई पिक्सेल घनत्वको ५ इन्चको एचडी डिस्प्ले, ८ मेगापिक्सल स्वचालित क्यामेरालगायतका अन्य आधुनिक नवीनतम प्रविधि रहेका छन् । यसको मूल्य १३ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

d35265b845563eb7e944149ec98dac31

यसमा ६ हनरमा हिसलिकन किरिन ९२० १.७ गेगाहर्ज क्षमताको प्रोसेसर, ३ जीबी ¥याम र १६ जीबी रोम रहेको छ । ५ इन्चको विशाल एचडी स्क्रिन, फ्ल्यास र स्वतः केन्द्रित एवं किट्क्याट ४.४.२ सञ्चालन प्राणालीसहितको अग्र भागमा ५.० मेगापिक्सल र पृष्ठमा १३.० मेगापिक्सल बीएसटी दोहोरो प्रणालीको क्यामरा पनि जडित छ । यसको मूल्य ३७ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

एस्सेन्ड शृंखलाको ह्वावे एस्सेन्ड मेट ७ मा ६ इन्चको एफएचडी स्क्रिन, १.८ गेगाहर्जको किरिन चिपसेट, २ जीबी ¥याम र १६ जीबीको आन्तरिक मेमोरीको विशालतम क्षमतायुक्त प्रविधि रहेको छ । एस्सेन्ड मेट सात सीमित सुविधाका लागि ५९ हजार ९ सय ९९ र गोल्ड डिजाइन ६९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।

ह्वावे एस्सेन्ड वाई ५२० एक अर्को उत्कृष्ट फोन हो जुन अत्यन्त आकर्षक मूल्यमा उपलब्ध छ । वाई ५२० मा १.२ गेगाहर्जको दोहोरो प्रोसेसरको शक्ति र ५१२ एमबी ¥यामयुक्त छ । यसको पृष्ठभागमा ५ मेगापिक्सल क्यामरा छ र यो माइक्रो एसडी कार्ड र ४ जीबी आन्तरिक मेमोरीका साथ आउँछ । सबै कुराहरूलाई १७३० एमएएच ब्याट्रीको शक्ति प्राप्त छ । यसको बजार मूल्य १० हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ ।