महिला र पुरुष समान अधिकार

905 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Image

गायत्री खतिवडा
धादिङ/औपचारिक न्याय भन्दा पनि सारभूत समानता सिद्धान्तको कुरालाई जोड दिएर सकारात्मक विभेदको नीति अनुसार अदालतले काम गर्दै आएको जिल्ला न्यायाधिस रमेशराज पोख्रेलले बताउनु भएको छ । धादिङबेशीमा आयोजित न्यायमा महिलाको पहुँचका लागि नेपाल प्रहरीको भूमिका विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्नुहुँदै जिल्ला न्यायाधिस पोख्रेलले न्यायको पहुँचमा महिला र पुरुष समान अधिकार हो भनिए पनि त्यसो हुन नसकेकोले सकारात्मक विभेदको नीति अवलम्बन गरी महिलाको न्यायको पहुँचमा ध्यान दिनुपर्ने बताउनुभयो । महिलाका पक्षका कतिपय मुद्दाहरु झन्झटिलो भएकोले त्यस्ता मुद्दालाई कसरी फाष्ट ट्रयाकमा लैजाने भन्ने कुरामा ध्यान दिनुपर्ने, महिलाको पक्षको मुद्दाको गोपनीयता राख्नुपर्ने र प्रहरी निकाय पनि महिला मैत्रि हुन सक्ने हो भने महिलाको न्यायमा सहज पहुँच हुने पनि जिल्ला न्यायाधिस रमेशराज पोख्रेलले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै जिल्ला न्यायाधिवक्ता देव प्रसाद गिरीले प्रहरीको महिला सेललाई व्यवस्थीत बनाइनुपर्ने, महिला र बालबालिकाको केशमा मुद्दा दर्ता, अनुसन्धान र अदालतमा बयान गर्दा पनि महिला प्रहरीले नै बयान गराउनुपर्ने, पीडितको गोपनीयतालाई ध्यान दिनुपर्ने र प्रहरी संरचना भित्र पनि लैङ्गकि संवेदशीलता अपनाउने हो भने न्यायमा महिलाको पहुँच सहज हुने बताउनु भयो । त्यसैगरी प्रहरी निरिक्षक बडाबाबु झाले जिल्ला प्रहरी कार्यालय धादिङमा महिला प्रहरीको दरबन्दि कम रहेको र सकेसम्म महिला प्रहरीहरुबाट नै महिला तथा बालबालिकाको केश हर्ेर्ने गरिएको बताउनुभयो । यसैगरी अधिवक्ता टंक कुमार श्रेष्ठले महिलाहरुलाई छिटो न्याय दिलाउन नेपालको कानुन संशोधन गरिनुपर्ने बताउनुभयो ।अहिलेको कानुनको विधि र प्रक्रियामा सुधार हुनुपर्ने बताउनुहुँदै श्रेष्ठले महिला प्रहरीहरुमा क्षमता विकास गरी महिलाको मुद्दाको अनुसन्धान प्रक्रियामा संलग्न गराउने हो भने पनि महिलाले न्याय पाउने कुरामा जोड दिनुभयो ।

महिलाको न्यायमा पहुँच पुर्‍याउन प्रहरीको अहिलेको भूमिका खोतल्ने र आगामी दिनमा महिलाको मुद्दामा संवेदनशील बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनीधिहरु, जिल्लाका सम्पर्ूण्ा महिला प्रहरीहरु, महिला मानवअधिकारकर्मीहरु, र पत्रकारहरुको सहभागीता रहेको थियो । यसैवीच कार्यक्रमको अन्तिममा महिला प्रहरीहरुका लागि अयोजना गरिएको तालिमका सहभागीहरुलाई जिल्ला न्यायाधिस रमेशराज पोख्रेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो । आइतबारबाट शुरु भएको ३ दिने तालिममा जिल्लाका २१ जना महिला प्रहरीहरुको सहभागीता रहेको थियो ।आइ सि जे नेपालको सहयोगमा सञ्चालित न्यायिक क्षेत्र सुधार परियोजना अर्न्तगत भएको कार्यक्रम महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल, फोकस नेपाल र नारी जागरण केन्द्रको संयुक्त आयोजनामा भएको हो ।