मलेसियामा होस्टेलबाटै ९ नेपाली पक्राउ

604 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Malaysia_518963378मलेसिया : अवौधानिक आप्रवासी कामदारमाथि धरपकड तीव्र पारेको मलेसिया प्रहरीले होस्टलबाटै ९ नेपाली श्रमीकलाई पक्राउ गरेको छ ।
मलेसियाको व्यापारिक केन्द्र पिजेबाट उनीहरुलाई मलेसियन प्रहरीले पक्राउ गरेको हो । एलएलएच कन्ट्राक कम्पनीमा कार्यरत उनीहरुको भिसा कम्पनीले नविकरण नगरेपछि अवौधानीक बनेका थिए अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ । ।
पक्राउ पर्नेमा अर्घाखाँचीका पुर्ण विष्ट, कपिलबस्तुका यामप्रकाश गैरे र शालिकराम बन्जारी, सिन्धुलीका नरबहादुर मगर, धनुषाका नरेन्द्र मण्डल र उमा शंखर, सप्तरीका सुरज साह सप्तरी, दाङका रुपलाल माझी र सिराहाका गोवद्र्धन साह रहेका छन् ।
उनीहरुलाई शनिबार प्रहरीले होस्टलमै आएर पक्राउ गरेको उनीहरुका साथी सल्यानका विनोद डाँगीले जानकारी दिए ।
उनीहरु ४ महिना अघिबाट का नपाएर विचल्लीमा परेका थिए । उनीहरुका अन्य साथी होस्टेलमा नभएकाले पक्राउ नपरेको डाँगीले वताए ।
नेपालको नुर अर्पचुनिटी ओभरसिजबा २ वर्ष अघि ‘सिपायर होल्डिङ्ग कम्पनी’ सेरेम्वानमा काम गर्न आएपनि उनीहरुलाई एलएलएच कन्ट्राकमा काम लगाइएको थियो ।
कम्पनीले काम नदिई भिसा नविकरण नगरेपछि घर फर्कन नसकेका उनीहरु अवौधानिक बन्न बाध्य थिए ।
नुर ओभरसिजका प्रवन्धक तिलक रानाभाट मलेसिया आएर ४० नेपालीलाई तत्कालै नेपाल फर्काए पनि अन्य कामदार भने फर्काउन सकेका छैनन् । उनीहरुले आफूहरुलाई रिहा गराएर नेपाल फर्काइदिन आग्रह गरेका छन् ।