बिहे सकिनासाथ जन्मियो बच्चा

766 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

न्यूजिल्याण्ड । न्यूजिल्याण्डमा एक दम्पत्तीले बिहे गर्नासाथ सन्तान सुख पाएका छन् । लिज र मारियोले बिहेको केही घण्टामै छोरी पाएका हुन् ।
समाचार एजेन्सीहरुका अनुसार बिहेकै समयमा मारियोलाई प्रश्रव बेदना भइरहेको थियो । त्यसैले उनीहरुको बिहेको कार्यक्रम चाँडो सक्नु परेको थियो । हतार हतार गरेर बिहेको कार्यक्रम सकेर मारियो अस्पताल गइन्, जहाँ उनले छोरीलाई जन्म दिइन् ।
चिकित्सकले दिएको समयभन्दा ११ दिन पहिला नै मारियो सुत्केरी भएकी हुन् । त्यसैले उनले बिहेका लागि पर्याप्त समय समेत नपाएको बताइन्छ । बिहेकै दिन प्रश्रव बेदना भएका कारण बिहे सार्ने हो कि भन्नेबारे समेत बिचार भएको थियो । तर बच्चा जन्मिसकेपछि बिहे गर्नुभन्दा छोटो कार्यक्रममा बिहे नै सम्पन्न गर्नु उचित ठानेर सो जोडीले बिहे गरेको बताइएको छ । इभा नाम गरेकी छोरीको पिता लिज नै रहेका कारण उनीहरुको दाम्पत्य जीवनमा बिहे र सन्तानसुख एकसाथ प्रवेश गरेको हो । बिहे अघि नै लिज र मारियोबीच शारीरिक सम्बन्ध कायम भएका कारण गर्भवती अवस्थामै उनीहरुले दाम्पत्य जीवनलाई औपचारिकता दिएका हुन् । (एजेन्सी)