पूरै गाउँ नै विक्रीमा !

668 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 gau_bikri_1415598933 अमेरिकाको पूर्वी हद्यामस्थित जोन्सोनभिल्ले गाउँ नै विक्रीका लागि राखिएको छ । सो गाउँको मूल्य न्यूयोर्कको एउटा अपार्टमेण्टबराबर राखिएको छ । सन् १८३० मा स्थापना गरिएको सो गाउँको क्षेत्रफल ६२ एकड रहेको बताइएको छ । करीब १६ वर्षसम्म त्यसै अलपत्र छोडिएको सो क्षेत्र हाल भने विक्रीका लागि अक्शन डट कममा राखिएको छ । गाउँ विक्रीकोे लीलामीमा शुरूआती मूल्य ८ लाख डलर निर्धारण गरिएको थियो । यो समाचार तयार पार्दासम्म भने यसको मूल्य ११ लाख डलर पुगेको थियो ।

उक्त मूल्यमा खरीदकर्ताले भिक्टोरियन र कोलोनियल स्टाइलका घर, रेष्टुरेण्ट, जेनरल स्टोर, एककोठे स्कूल घरका साथै एउटा पूजा घरसमेत प्राप्त गर्ने बताइएको छ । यहाँबाट मोदोस नदीको किनारमा अवस्थित नदीको रमणीय दृश्यसमेत हेर्न सकिन्छ । सन् १९९० मा करोडपति रे स्मिटले सो गाउँलाई किनेर पर्यटक आकर्षणका रुपमा प्रयोग गर्न खोजेका थिए । यद्यपि सो योजना भने असफल भएको थियो । सन् १९९८ मा स्मिटको मृत्यु भएपछि जोन्सोनभिल्ले भूत शहरका रुपमा परिणत भएको थियो ।

-आर्थिक अभियान दैनिकवाट