एउटै कम्प्युटरको मूल्य ३ लाख ६५ हजार डलर

660 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

480X320_47a9e474b630178411cc7f6a4d5a676bन्युयोर्क, – एप्पलका सह संस्थापक स्टिभ जब्सले झन्डै ४० वर्ष अगाडि व्यक्तिगत रुपमा बिक्री गरेको दुर्लभ एप्पल–१ कम्प्युटर न्युयोर्कमा ३ लाख ६५ हजार अमेरिकी डलरमा बिक्री भएको छ । जब्सले १९७६ को जुलाईमा क्यालिफोर्नियाको ग्यारेजबाट ६ सय अमेरिकी डलरमा यो कम्प्युटर बिक्री गरेका थिए । यो कम्प्युटर परिचय नखुलाइएका खरिदकर्तालाई क्रिश्टिले न्युयोर्कमा बिक्री गरिएको थियो ।
यो कम्प्युटरको हालका विक्रेता बब लुथरले एप्पल –१ कम्प्युटर १० वर्ष अगाडि वासिङटनमा खरिद गरेका थिए । लुथरले कम्प्युटरको बारेमा ३ सय ९१ पृष्ठको पुस्तक पनि लेखेका थिए ।
अक्टोबरमा हेनरी फोर्ड संग्रहालयले पृथक किसिमको एप्पल–१ कम्प्युटरका लागि ९ लाख ५ हजार अमेरिकी डलर तिरेको थियो ।
-एजेन्सी