मोवाईल टावर संचालनमा अवरोध

844 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

mobile towerधादिङ–निजी कम्पनीका मोवाईल सेवा संचालन गर्न टावर जडान गरेका सेवा प्रदायक कम्पनीहरु लाई टावर संचालनमा स्थानीय युवाहरुले अवरोध पुरयाए पछि संचालन हुन सकेका छैनन । धादिङ सदरमुकाम लगायत ग्रामिण स्तरमा जडान गरिएका एन सेल र स्माट टेलिकमका जडान गरेका संरचना संचालन हुन नसकि उपकरणहरु निर्माण स्थलमै थन्केका छन् ।
स्मार्ट टेलिकमले मुलपानी–२,स्थानीय जीवनवहादुर थापाको जग्गामा मोवाईल संचालनका लागि २०६९ असोज २२ मा जडान गरिएको टावर र उपकरण उपयोग विहीन अवस्थामा थन्केका छन् । ‘स्थानीय युवाहरुले युवा संस्था,शहिद कोष भन्दै लाखौं रकम माग्न थाले पछि संचालनको साटो डिस्मेन्टल गरर अन्यत्रै लैजान वाध्यता भएको स्मार्ट टेलिकमका कर्पोरेट कम्युनिकेसन प्रमुख पवनसिंह शाक्यले वताए । शाक्ले उपकरण र टावर झिक्न स्थानीय प्रसासनमा सुरक्षा समेत माग गरे पछि जिल्ला प्रहरीले फुलखर्क प्रहरी चौकी वाट सुरक्षा व्यवस्था गरि दिएकोछ । शाक्यले‘कम्पनीले विद्यालयहरुमा शौचालय निर्माण गर्न लगानी गर्ने विकल्पलाई पनि स्थानीय युवाहरुले नमानेर व्यक्तिगत रुपमै लाखौं रकम माग गर्न थाले पछि कुरा नमिलेको’–शाक्यले वताए ।
मुलपानी–९, हुराडा“डामा जडान गत ३ वर्ष अघि जडान गरिएको निजी मोवाईल कम्पनी एन–सेलको टावर स्थानीयवासीले संचालनमा ल्याउन दिएका छैनन् । स्थानीय शहिद स्मृती संस्थाले लाखौं रकम माग गरेर टावर जडान गरिएको जग्गाधनी प्रेमवहादुर तामाङको घरवाट जडान गरिएको विद्युत लाईन काटि दिए पछि हाल सम्म संचालनमा आउन सकेको छैन ।
सदरमुकाम धादिङवेंसीमै पनि विगत २ वर्ष देखिको भाडा नतिरे पछि एनसेल मोवाईल गत एक वर्ष देखी ठप्प छ । ‘ एनसेल संग भएको ५ वर्षे संझौता समाप्त भै थप २ वर्ष सम्म पनि संझौता नविकरण र भाडा नवढाए पछि टावर हटाए पनि उपकरण आफै संग वन्धक रहेको ’–सदरमुकाम वीचवजार स्थित घरधनी नारायण श्रेष्ठले वताए । गत एक वर्ष देखी मोवाईल टावर सैंचालनमा नआए पछि सदरमुकामका हजारौं ग्राहक मर्कामा परेका छन् ।