धादिङबेसी रायटारमा आज देखि चौथो धादिङ महोत्सव

1093 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आज देखि   धादिङबेसी रायटारमा मध्यमाञ्चल क्षेत्रीय महोत्सव तथा चौथो धादिङ महोत्सव २०७१ हुंदैछ ।
10857809_1576978789188846_8326698401776120163_nघरेलु उद्योग, कृषि,जलश्रोत,पर्यटन प्रवद्र्धन,आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने मूलनाराका साथ हुने महोत्सवको पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले उदघाटन गर्नुहुने कार्यक्रम रहेको छ । महोत्सव उदघाटन हुनु अघि धादिङबेसी प्रवेशगर्ने चारवटा नाकाहरु पहरेचौतारा,पुछारवजार,शितलवजार र रायटारबाट एकै समयमा व्यानर,जातिय पहिचान दिने पोशाक र विभिन्न झांकी सहितको ¥याली निकालिने भएको छ । महोत्सव पुस ७ गते शुरु भएर १७ गते सम्म संचालन हुने छ ।घरेलु उद्योग, कृषिप्रदर्शनी,दुग्धजन्य उत्पादन,हस्तकला,घरेलु उपयोगका बिद्युत्तिय तथा अन्य सामाग्रीका साथै वाल उद्यान,लघु चिडियाघर जस्ता बिशेष प्रदर्शनी रहने महोत्सव दश दिन सम्म संचालन हुने र महोत्सवमा करिव १५ करोडको कारोवार हुने आयोजकहरुले वताएका छन ।
यस पटकको महोत्सवमा बिशेष गरी जिल्लाको कृषिजन्य उत्पादनलाई बिशेष प्राथमिकता दिंदै जिल्ला कृषि विकास कार्यालय तथा कृषिका क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको आयोजनामा महोत्सव स्थल भित्र छुट्टै कृषि प्रदर्शनीको पनि आयोजना गरिएको छ । महोत्सवले जिल्लाको पर्यटन क्षेत्रहरुको पहिचानमा पनि मद्धत पु¥याउने वताईएको छ ।महोत्सवको पुर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका नेता शेरवहादुर देउवाले उदघाटन गर्नुहुने कार्यक्रम रहेको छ । महोत्सव उदघाटनाका लागि आउनुहुने पुर्व प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले धादिङको बैरेनी ( गल्छिचोक)वाट मोटर साईकल ¥याली सहित सदरमुकाम ल्याउने कार्यक्रम रहेको नेपाल तरुण दल धादिङले जनाएको छ ।