दुङवाङको चेपाङबस्तिमा घर घरमा सोलार

749 पटक पढिएको

सम्पादक: Dhadingnews.com

दुङबाङ/ दक्षिणी धादिङको विकटमा रहेको धुषा गाउं विकास समितिको वडा नम्बर ४ दुङवाङको  चेपाङबस्तिमा घर घरमा सोलार जडान  गरिएपछि चेपाङसमुदायमा खुसियाली छाएको छ । बिजुली बत्ति बल्न अझै एक दशक भन्दा बढि समय कुर्नुपर्ने भएपछि गाउंमा उज्यालोको लागि सोलारको जडान  गरिएको हो ।
बैकल्पिक उर्जा प्रबर्धन केन्द्र र जिल्ल्ाा विकास समिति धादिङको आर्थिक सहयोगमा संचालित सोलार सहयोग कार्यक्रम बाट दुङबाङका चेपाङ समुदायमा उज्यालो संंगै खुसियाली पनि  छाएको हो । विकटको वस्ति भएपनि दुङबाङका चेपाङ समुदायले आफ्नो गाउंलाई एक बर्ष अघिनै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरि नमुना वस्तिका रुपमा चिनाउन सफल भएका छन । खेतीयोग्य जमिनको अभावमा यहांका अधिकांश चेपाङ परिवार बर्षको नौ महिना खाद्यान्न संकटको सामना गर्न बाध्य हुने गरेका छन । समुदायको  आर्थिक स्थिती ज्यादै न्यनु रहेपनि समुदायमा देखिएको चेतनाकाका कारण दुङबाङ जिल्लाकै नमुना चेपाङ बस्तिका रुपमा विकास हुन थालेपछि जिल्ला विकास समितिले समुदायको माग अनुसार गाउंका सबै घरमा सोलार जडानका लागि आर्थिक सहयोग उपलव्ध गराएको जिल्ला विकास समितिका लेखा अधिकृत हेमराज पौडेलले जानकारी दिनुभयो । दुङबाङ गाउंबाट दुईघण्टाको दुरीमा रहेको अहिले सम्मकै ठुलो तर प्रचार प्रसार हुन नसकेर ओझेलमा पर्दै आईरहेको नोक गुफालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न आंफुहरु लागि परेको दुङबाङका अगुवा चेपाङ जयराम चेपाङले जानकारी दिनुभयो ।  धादिङबेसीमा रहेको बैकल्पिक उज्यालो सोलार एण्ड इलेक्ट्रिोनिक कम्पनिको प्राविधिक सहयोगमा चेपाङ गाउंमा सोलार जडान गरिएको कम्पनिका प्रवन्धक कृष्णप्रसाद पण्डितले जानकारी दिनुभयो । पण्डितका बैकल्पिक उर्जाका रुपमा प्रयोग हुंदै आईरहेको सोलारको प्रयोग जिल्लाको ग्रामीण बस्तिहरुमा बढ्न थालेको छ । बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको एक अभिलेख अनुसार धादिङ जिल्लामा करिब ५ हजार घर परिवारले आफ्नो घरमा सोलारको प्रयोग गर्ने गरेका छन । केन्द्रले प्रकाशित गरेको एक तथ्याङकमा सन २०१०को डिसेम्बर सम्ममा जिल्लाका चार हजार चार सय ६५ घर परिवारले सोलार प्लान्ट जडान गरिसकेका छन । सन २०११ को ६ महिनाको  अवधिमा यो संख्यामा बृद्धि हुन पुगेको  पण्डितले वताउनु भयो ।