मलेसियाबाट दैनिक एक नेपालीको शव घर फर्कँदै

755 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेसिया : मलेसियामा हरेक दिन एक नेपालीले ज्यान गुमाइरहेका छन् । मलेसियास्थित नेपाली दूतावासले सार्वजनिक गरेको  तथ्याङ्क अनुुसार सन् २०१४ मा मात्रै तीन सय ६१ जना नेपालीले ज्यान गुमाएका छन् अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ । ।
तथ्याङ्क अनुसार कारखाना दुर्घटनामा परेर ११ जनाले यस वर्ष ज्यान गुमाएका छन् । विभिन्न रोग लागेर ५२ जना र सवारी दुर्घटनामा ३६ जनाको ज्यान गएको छ । मलेसियामा रोजगारीमा आएका ४६ जना नेपालीले मलेसियामा आत्महत्या गरेका छन्  । दूतवासका अनुसार दुई सय १६नेपालीको मृत्युको कारण खुलेको छैन ।
lash_650358159सुतेको सुत्यै ज्यान गुमाउने नेपालीको संख्या धेरै रहेको दूतवासले जानकारी दिएको छ । गएकोे जुनमा  २१ नेपाली को मृत्यु भएको थियो भने सेक्टेम्वरमा ४४ जना नेपालीको ज्यान गएको दुतवासले जानकारी दिएको छ ।
जनवारीमा २४, फेव्रुअरीमा २६, मार्चमा २५, अप्रिलमा २५, मे मा ३३, जुनमा २१, जुलाईमा ३६, अगस्टमा ३६, सेप्टेम्वरमा ४४, अक्टोवरमा ३३, नोभेम्वरमा ४० र डिसेम्वरमा १५ नेपालीको मृत्यु भएको हो ।
 वैदेशिक रोजगारीको लागि मलेसिया नेपालीको प्रमुख गन्तव्य देश हो । मलेसिया नेपालीको मृत्युदर बढेपछि यहाँ रोजगारी गरिरहेका नेपालीले चिन्ता व्याक्त गरेका छन् ।
नेपाली दूतावास मलेसियाका राजदूत निरन्जनमान सिह वस्न्यातका अनुसार नेपालबा सडक नियमको पुर्ण जानकारी नलिई मलेसिया आएर सडक दुर्घटनामा पर्ने नेपालीको संख्या धेरै छ ।
आत्महत्या गर्ने बढे 
पारिवारिक तनाव, भनेको काम र तलब नमिल्नु, रोजगारदाताले दिने मानसिक तनावका कारण पछिल्लो समय मलेसियामा आत्महत्या गर्ने क्रम पनि बढेको दूतावास श्रोतले जानकारी दिएको छ ।
गत वर्ष भन्दा यस वर्ष आत्महत्या गर्ने को संख्या बढेको श्रोतको तथ्याङ्ग छ । कतिपय नेपालीले सुतेकै अवस्थामा ज्यान गुमाएका छन् । खानपानमा ध्यान नदिनु,गर्मीमा काम गरेर आवश्यकमात्रामा पानी नपिउनु र गुणस्तरहीन मदिरा सेवन गर्नु लगायत कारणले यस्तो स्थिति आउने गरेको दूतावासको भनाइ छ ।