सुरक्षित रूपमा कम्प्युटर चलाउन सिकौं

856 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


सेफ कम्प्युटिङका उपाय

Computer-systemsप्रविधिको बढ्दो विकाससँगै कम्प्युटर, ल्यापटपलगायत विद्युतीय उपकरणमा नया“नया“ समस्या आउने गरेका छन् । कम्प्युटरमा आउन सक्ने सुरक्षा खतराबाट जोगिन यहा“ केही सजिला उपाय दिइएका छन् अभियान डट कम अनलाईनले  लेखेको छ ।

प्याच
आफ्नो कम्प्युटरलाई स्वचालित रूपमा (अटोमेटिक) सफ्टवेयर तथा अपरेटिङ सिष्टम (सञ्चालन प्रणाली) अपडेटका लागि सेटअप गर्नुहोस् । आवश्यक रूपमा प्याच (नयाँ अपडेटको अंश) नभएका कम्प्युटर वा समयअनुसार अपडेट नभएका उपकरणमा सफ्टवेयरसम्बन्धी समस्या धेरै आउनुका साथै सुरक्षा खतरासमेत बढ्छ ।

सफ्टवेयर 
विण्डोज, म्याकिण्टोस र लाइनक्सका लागि उपयोगी ‘सोफोस’ नामक सफ्टवेयर आईएसएण्डटीको सफ्टवेयर पेजमा निःशुल्क डाउनलोडका लागि उपलब्ध छ । यो सफ्टवेयर इन्ष्टल गरेपछि दैनिक रूपमा आफ्ना उपकरणमा रहेका फाइल तथा भाइरस डेफिनेशन स्क्यान गराउन सेट गर्नुपर्ने हुन्छ । यस सफ्टवेयरको प्रयोगले कम्प्युटरलाई नियमित रूपमा सुरक्षित राख्न मद्दत गर्छ ।

पासवर्ड
पासवर्डमा वर्ण, सङ्ख्या, विशेष अक्षरलगायतको प्रयोग गर्नु सुरक्षाका दृष्टिले राम्रो हुन्छ । तर, यसो गर्दा सम्झिन सजिलोका लागि कुनै चित्रको आकार दिई प्रयोग गर्नु उचित हुन्छ । यसो गर्नाले पासवर्ड भुल्दा हुने समस्याबाट जोगिन सहयोग मिल्छ । आफ्ना महŒवपूर्ण एकाउण्टका लागि छुट्टाछुट्टै पासवर्डको प्रयोग गर्नुपर्छ । साथै, समयसमयमा तिनको परिवर्तन गर्नु पनि आवश्यक हुन्छ ।

ब्याकअप 
आफ्ना उपकरणमा रहेका आवश्यक फाइललगायतको ब्याकअप बनाउनु फाइदाजनक हुन्छ । प्रत्येक हप्ता वा महीनाको अन्तरमा ब्याकअप बनाउँदा उपकरणमा अनावश्यक रूपले हुने गडबडीका कारण आउने समस्याबाट जोगिन सकिन्छ ।

एक्सेस व्यवस्थापन
असुरक्षित स्थानमा आफ्नो कम्प्युटर त्यत्तिकै छाड्ने वा ‘लग्डइन’ अवस्थामा छोड्ने कार्य कदापि गर्नुहुँदैन । विशेषगरी सार्वजनिक स्थानमा कुनै उपकरणको प्रयोग गर्दा ‘लगअफ’लगायत कार्य विशेष सतर्कताका साथ गर्नुपर्छ । प्राविधिक सुरक्षाका साथै उपकरणको भौतिक सुरक्षाका बारेमा सजग हुनु पनि उत्तिकै आवश्यक छ ।

ईमेल/इण्टरनेटको प्रयोग
अञ्जान व्यक्ति वा ठेगानाबाट आएका ईमेल नखोल्नु नै बुद्धिमानी हो । तिनमा रहेका एट्याचमेण्ट, लिङ्क तथा फमहरू ‘फिसिङ’का लागि लक्षित हुन पनि सक्छन् । साथै, अविश्वसनीय साइटबाट सकेसम्म फ्री–डाउनलोड गर्नुहुँदैन, यदि गर्नैपर्र्ने अवस्था भए विशेष होशियारी अपनाउनुपर्छ ।

कनेक्शन
इण्टरनेट सञ्जालमा रहँदा सूचना आदानप्रदान गर्ने क्रममा जोखीमसमेत हुने गर्छ । त्यसैले, सकेसम्म सुरक्षित कनेक्शनको मात्र प्रयोग गर्नुपर्छ । अन्यथा, अनावश्यक तथा नचाहेका व्यक्तिले महत्वपूर्ण सूचना पाउने सम्भावना रहन्छ ।

संवेदनशील सूचनाको सुरक्षा
आइडेण्डिटी थेफ्ट (परिचयको चोरी) अहिले बढ्दो क्रममा छ । त्यसैले, आफ्नो कम्प्युटर मर्मत÷प्रयोगका लागि अन्य मानिसलाई दिँदा वा विक्री गर्दा आफ्ना संवेदनशील डाटा तथा फाइल हार्डड्राइभबाट सुरक्षित तरीकाले हटाउन आवश्यक छ । यसका लागि कम्प्युटर प्रणालीमा रहेको इन्क्रिप्शन टूल्सको प्रयोग गर्न सकिन्छ ।

डेस्कटप फायरवालको प्रयोग
म्याकिण्टोस र विण्डोज कम्प्युटरका सञ्चालन प्रणालीमै आधारभूत डेस्कटप फायरवालको सुविधा हुन्छ । त्यसको सही तरीकाले परिचालन गर्नाले नचाहेका मानिसको पहुँचबाट आफ्नो कम्प्युटरमा रहेका सूचना सुरक्षित राख्न सकिन्छ ।

सञ्चालन प्रणालीको अपडेट
आफ्नो सञ्चालन प्रणालीअनुसार विण्डोज, म्याकिण्टोस, लाइनेक्स वा युनिक्स प्रणालीमा आउने निरन्तर अपडेटका बारेमा सुसूचित रहन अति आवश्यक छ ।

प्रस्तुति : सुरज महर्जन