एक लाखले हेरे धादिङ महोत्सव, बिहीवार महोत्सव सकिंदै

620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0145रायटार ( धादिङ) – धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी महोत्सव समापन हुन एक दिन बांकी हुंदा करिव १ लाख दर्शकले महोत्सवको अवलोकन गरेका छन ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ७ गतेवाट शुरु भएको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव पुस १७ गते विहीवार सम्पन्न हुंदैछ । मंगलवार सम्ममा करिव १ लाख दर्शकल्ऽे महोत्सव अवलोकन गरेका छन । अन्य दिनको तुलनामा सार्वजनिक विदाका दिनमा महोत्सवमा अवलोकनकर्ताको निकै घुईचो लाग्ने गरेको थियो । मंगलवार पनि तमु ल्होसार पर्व परेका कारण सार्वजनिक विदा भएकाले महोत्सव हेर्न जानेहरुको संख्या उल्लेख्य रहेको थियो । महोत्सवको आठौं दिन सम्म आईपुग्दा करिव १ लाख दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव मु्ल आयोजक समितिका सचिवालय प्रमुख रोहित भण्डारीले जानकारी दिनु भयो
महोत्सवमा अन्य व्यापारिक प्रदर्शनीमा भन्दा साँस्कृतिक कार्यक्रमका साथै रमाईलो मेला र अष्ट्रिच चरा हेर्नतर्फ दर्शकहरुको निकै भिड हुने गरेको छ । महोत्सव अवधिभर राष्ट्रियस्तरका ख्याती प्राप्त विभिन्न कलाकारहरुले गीत ,नृत्य तथा प्रहसन प्रस्तुत प्रस्तुत गरेका छन ।