नलाङमा सुरक्षित आप्रवासन सम्वन्धि कार्यक्रम

533 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नलाङ–आवाज अभियान नेपाल र हेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपालको साझेदारीमा संचालन भएको सुरक्षित आप्रवासन परियोजना कार्यक्रम अन्तरगत नलाङ गाविस वडा नं ७ मिन्दुका मावि कक्षा ९ का विद्यार्थीहरुलाई सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । अभिमुखिकरणमा ४९ जनाको विद्यार्थी हरु सहभागी रहेको थियो । सहभागीहरुलाई बैदेशिक रोजगार, यसका फाईदा र बेफाईदा र बैदेशिक रोजगारमा जादा सिक्न पर्ने सीपको आवश्यकताको बारेमा छलफल गरीएको थियो ।