नलाङ र ढोलामा किशोरी समुहको गठन

441 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


धादिङबेसी–लेगाटम फाउन्डेसन र जेनेभा ग्लोवलको् सहकार्यमा आवाज अभियान नेपालद्धारा संचालित मातृस्वास्थ्य सुरक्षा कार्यक्रम अन्र्तगत महिलाहरुको पाठेघर खस्ने समस्या निराकरण गर्नका लागि स्थानीय तहमा सचेतना फैलाउने उद्देश्यले नलाङ गाविस वडा नं ७ मा किसोरी समुहको गठन भएको छ । ३५ सदस्यीय समुहमा अध्यक्ष सुजिता दुवाडी, उपाध्यक्ष मा सम्झना विक, सचिवमा सन्तोषी सिलवाल, कोषाध्यक्षमा कमला शाही, सहसचीवमा विनिता पोखरेल रहेका छन् । ढोला गाविस जैसिधारामा, ३२ किसोरी समुहको गठन भएको छ । उक्त समुहमा अध्यक्षमा बविता श्रेष्ठ, उपाध्यक्ष सृष्टि दुवाडी, सचिवमा संगिता दुवाडी, कोषाध्यक्षमा सिता श्रेष्ठ, सहसचीवमा देवकी दुवाडी रहेका छन् ।