फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य

685 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

newsDetailvtximagesकाठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा निरन्तर घट्ने क्रममा रहेको पेट्रोलियम पदार्थको मूल्य नेपालमा महिनामा दोस्रो पटक घटेको छ ।

नेपाल आयल निगमको शुक्रबार बसेको सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेल तथा मटितेलमा २ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्य अनुसार अब राजधानीमा पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ ५० पैसा तथा डिजेल र मटितेल ९० रुपैयाँ लिटर पर्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकोले मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

तर अन्तर्राष्ट्रिय बजारको अनुपातमा नेपालमा अझै पनि पेट्रोलियम पदार्थको मूल्य बढि छ ।

निगमले महिनामा पेट्रोल, डिजल र मटिलेतको मूल्य घटाएपनि ग्यास र हवाई इन्धनको  भाउ भने घटाएको छैन ।